दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले नगरको सौन्दर्य र पर्यावरण संरक्षणमा समेत सहयोग पु¥याईरहेको छ ।

 

दमकका यी सडक कुनैबैला हिड्नलाई साघुरा मात्रै थिएनन् । खण्डहर र उराठलाग्दा थिए । पाईलेपिच्छे खाल्डाखुल्डीका कारण आवतजावत गर्न नागरिकहरु ह्ैरानी खेप्दै आएका थिए । सवारीको चाप त्यै माथी साघुरो बाटो पैदलबाटो हिड्नै मस्किल हुने गरेको थियो । तर पछिल्ला समय भने यहाको स्वरुप नै फेरेको छ । ठूला र चिल्ला बाटा अनि त्यसैका किनारमा बिरुवा रोपिएका छन् , जसले सडकको सौन्दर्य मात्रै बढाईरहेको छैन । दमक नगरीकै पहिचान बनाएको छ । खासगरि दमक नगरपालिकाले पछिल्ला बर्षमा हरित नगरको संकल्प लिएर काम गरिरहेको छ । जसका लागि नगरपािलकाले पछिल्ला बर्षहरुमा नगर कार्यसमितीबाटै पारित गरेर वडाका ५० फ्टे बाटोहरुमा दुबै तर्फ ५०० भन्दा बढी बिरुवा रोपिएका छन् । यस्तै दमक नगरपालिकाको ६ नं वडा कार्यलयले पनि सौन्र्दयकरणका लागि बषर््ाौनी लाखौ रुपैयाको बजेट खर्च गर्दे आएको छ । यहाका जनप्रतिननिधीहरुले बजारको सौन्र्दयता र सडक सौन्र्दताामा दिएको प्राथकिकताले यी सडकहरुले स्वरुप पाएका हुन् । पहिले सडककै कारण दिक्दारी भोग्दै आएका नागरिक यहाको सडक देख्दा आश्चर्य नै पर्ने गरेको छन् । दमक ६ की हसिला श्रेष्ठ सडक दमक नगरले गरेको सडक सौन्दर्यताको बिषयमा यसो भन्नुहुन्छ ।

त्यसो त बजारको सौन्र्दयीकरणमा पछिल्ला समय स्थानीय टोलबासीले पनि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यहाका स्थानीय टोलबासीले नगरले गरेको योजनाहरुलाई संरक्षण दिदै आएका छन्, त्यसको ब्याबस्थापनमा सक्रिय भएर लागेका छन् ।
दमक नगरपालिका बाताबरण तथा सरसफाई समितीका संयोजक टेक ब. थापाले नगरको सौन्र्दयमा बिशेष प्राथमिकता साथ काम गर्दे आएको बताउनुभयो । बिशेष गरेर ६ न. वडा कार्यलयले सौन्र्दयीकरणका लागि मात्रै बषैनी लाखौ रुपैयाको बजेट बिनियोजन गर्दै आएको छ । सो बजेट सडकका फुटपाथ का काममै बढी खर्च हुने गरेको वडाध्यक्ष थापाले बताउनुभयो ।

दमक नगरपालिकाले पछिल्ला वर्षमा अपनाएको सडक सौन्र्दयीकरणले नगरको रूप मात्र फेरिएको छैन । नागरिकको सुरक्षा र वातावरण संरक्षणमा पनि प्रभावकारी योगदान र्पुयाएको छ। सडक विस्तार, फुटपाथ निर्माण र दुबै किनारमा गरिएका वृक्षारोपणले सहरलाई व्यवस्थित, आकर्षक र स्वच्छ समेत बनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ

लुम्बिनीका १२९ जना सम्पर्कविहीन

बुटवल , ११ भदौ। रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना सम्पर्कविहीन भएका प्रारम्भिक विवरण आएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय,

सद्गुरुको भावुक भिडियो , हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्

काठमाडौं ,११ भदौ। केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उहाँले भिडियो सन्देशमार्फत जानकारी दिनुभयो । भिडियो सन्देश

वीर अस्पतालमा बाढीपीडित वृद्धाको उपचार जारी

काठमाडौँ ,११ भदौ। रसुवामा आएको बाढीबाट प्रभावित अन्दाजी ७५ वर्षीया वृद्धाको उपचार वीर अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार ती वृद्धाको पहिचान भएको छैन