काठमाडौं, १५ मंसिर । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिना (साउनदेखि असोज मसान्तसम्म)मा वैदेशिक अध्ययनमा गएका नेपाली विद्यार्थीले ४२ अर्ब ९६ करोड रुपैयाँ मुलुक बाहिर लगेका छन् ।
अर्थ मन्त्रालयका अनुसार, गत आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा वैदेशिक अध्ययनमा गएका नेपाली विद्यार्थीले ३२ अर्ब २२ करोड रुपैयाँ विदेश लगेका थिए भने चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा नेपालको शिक्षा क्षेत्रमा ७३ करोड २७ लाख रुपैयाँ भित्रिएको मन्त्रालयले बताएको छ ।
गत आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा नेपालको शिक्षा क्षेत्रमा विदेशबाट ७२ करोड १६ लाख रुपैयाँ भित्रिएको अर्थ मन्त्रालयले जनाएको छ ।









