बिर्तामोड,१६ मंसिर। बिर्तामोड नगरपालिका–९ धौला पुल नजिक बिर्तामोड–भद्रपुर सडक खण्डको किनारमा दुई लाख ५० हजार मूल्य बरावरको खाद्य सामग्री फेला परेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले प्लास्टिकका बोरा भित्र राखिएको दुई लाख ५३ हजार ६ सय २० रुपैयाँ बरावरको सामग्री फेला परेको हो। उक्त सामग्री सडक छेउमा बेवारिसे अवस्थामा भेटिएपछि गस्ती टोलीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कालो तिल, सेतो तिल , मरिच , चिनी , खाने तेल, चना दाल,चना बेसन, लगायतका सामग्री फेला पारेको छ। सो सामग्री मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले बताएको छ । प्रहरीले बरामद गरेको सामग्री कस्को हो भन्ने विषय नखुलेको प्रहरीले बताएको छ ।









