झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको अर्को कोटीहोम झापाकै शिवसताक्षी स्थित सताक्षीधाममा हुने भएको छ ।

 

यहाँको धार्मिक तथा पौराणिक महत्त्व बोकेको शताक्षी धाममा आयोजना हुने सतकुण्डीय गायत्री कोटी हवनको भूमिपूजन भने सुनको हलोले गरिने भएको छ। गोलोक गोवर्धन गौशालाको आयोजनामा आगामी २०८३ माघ ९ गतेदेखि सञ्चालन हुने कोटी हवनको मुख्य हवन कुण्ड सुनको हलोले खनेर भूमिपूजन गर्नेबारेमा मंगलबार आयोजीत छलफलका क्रममा बताइएको छ ।

 

४२ वर्षअघि एक करोड गायत्री मन्त्रद्वारा होम गरिएको थियो। त्यसको ४२ वर्षपछि झापामा दोस्रोपटक कोटी हवन आयोजना हुन लागेको आयोजकको भनाइ छ। यस ऐतिहासिक धार्मिक अनुष्ठानको भूमिपूजन मङ्सिर ५ गते बिहान ११ बजे विश्वका विभिन्न देशबाट आउने सन्त महात्माको उपस्थितिमा गरिने गोलोक गोवर्धन गौशालाका संरक्षकसमेत रहेका अध्यक्ष आचार्य नन्दकिशोरजी महाराजले जानकारी दिनुभयो । उहाका अनुसार अमेरिका, क्यानडा, अस्ट्रेलिया, भारत, भुटान र नेपालका धार्मिक गुरुहरूको सहभागिता रहनेछ।

 

कोटी हवनको तयारी तथा व्यवस्थापनका विषयमा मङ्गलबार गौशाला परिसरमा आयोजित विद्वत् वर्गको भेलामा विगतका धार्मिक अनुष्ठानको समीक्षा गर्दै राम्रा अभ्यासलाई निरन्तरता दिने र कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा सहभागीले जोड दिएका थिए। झापाका व्यवसायी लीला चिमरिया , लक्ष्मी संग्रौला लगायतले विगतका कार्यक्रमबाट प्राप्त अनुभवका आधारमा यसपटक सम्पूर्ण काम र तयारीको पूर्ण व्यवस्थापन गर्नुपर्ने बताएउनु भएको थियो । । अघिल्लो १०८ कुण्डीय कोटी हवनका क्रममा आयोजकले भोगेका असहजता यसपटक दोहोरिन नदिन समयमै व्यवस्थापकीय तयारी गर्नुपर्नेमा सहभागीहरुको जोड थियो ।

 

शताक्षी धाममा २०७२ सालमा गोलोक गोवर्धन गौशाला स्थापना भएको हो। गौशालामा हाल २ हजार ५०० भन्दा बढी गाईको संरक्षण भइरहेको छ। गौशाला स्थापनापछि धाम परिसरमा दर्जनौँ मठमन्दिर, देवालय, अतिथि गृह, सुविधासम्पन्न गौशाला, रामदरबार, द्वादश ज्योतिर्लिङ्गलगायतका धार्मिक संरचना निर्माण भएका छन्। यसका साथै सडक कालोपत्रे, विद्युत् र खानेपानीजस्ता पूर्वाधारसमेत विस्तार भएका छन्। स्थानीयका अनुसार सन्त महात्माको नियमित आवागमन र धार्मिक गतिविधिका कारण शताक्षी धाममा पूर्वाधार विकाससँगै धार्मिक पर्यटनको गतिविधि पनि बढेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको

दमकका कर सप्ताहको उद्घाटन , के भने व्यापारीले , अनि कर अधिकृतको चेतावनी कस्तो?

दमक,१ मंसिर । “कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय कर दिवस २०८३ मनाइएको छ। नेपालमा

विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने, नयाँ मापदण्ड जारी

विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय

प्रधानमन्त्री र सभापतिसँगको फोटो पोस्ट गर्नेलाई नगद पुरस्कार

काठमाडौं ,१ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गर्नु भएको छ । उहाँको घोषणा हो( प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा

स्थानीय नागरिककोे बलियो आवाज पूर्वाञ्चल दैनिक ३२औँ वर्षमा

बिर्तामोड,१ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश

कात्तिकमा ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङ,१ मंसिर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा भक्तजनहरुले दर्शन गर्नु भएको छ । एक महिनाको अवधिमा ६४ हजार १०६