प्रदेश १ को नामाकरण

प्रदेश १ को नाम कोशी हुनुपर्छ : अध्यक्ष ओली

झापा/
पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी प्रदेश राख्न सुझाब दिनु भएको छ । यो प्रदेशमा आठ हजार मिटर भन्दा अग्ला हिमालहरुको पानी बग्ने कोशीले सबैलाई समेट्ने र यो नै प्रदेशको पहिचान बन्ने भन्दै उहाले जातीयताको आधारमा नाम नराख्न पनि आग्रह गर्नु भएको छ ।

किरात नाम राख्दा अन्य समुदायमा चोट पुग्न सक्ने वा अन्यको भावना समेटिन नसक्ने भन्दै जातको आधारमा पहिचान खोजिन नहुने तर्क राख्नु भयो । शनिबार प्रेस चौतारी नेपाल प्रदेश एकको प्रथम अधिबेशनलाई झापाको बिर्तामोडमा संबोधन गर्दै उहाले माओवादी केन्द्रले जातीय पहिचानका नाममा साजमा बिग्रह सृजना गरेको पनि आरोप लगाउनु भयो । सबै समुदाय ,भुगोलको एकजुट भएमा सबै क्षेत्रको बिकास र समृद्धि प्राप्त हुने उहाले उल्लेख गर्नु भयो । त्यसैले उहाको सुझाब छ सबैलाई अटाउने, सबैलाई समेट्ने प्रदेश १ को नाम कोशी मात्रै हुने भएकोले यहि नाम राख्न उहाको सुझाब छ ।
माओवादी समाप्त हुँदै छ
यहि कार्यक्रममा उहाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पार्टी आगामी चुनावबाटै सकिने दावी गर्नु भएको छ । खहरे खोला जस्तो एक पटक निकै अग्र स्थानमा आएको पार्टी अहिले क्रमश सकिदै गएको टिप्पणी गर्नु भयो । धेरै महत्वाकांक्षी भएका कारण र आफ्नो नीति र सिद्धान्तमा टिक्न नसकेका कारण माओवादी आफै सकिदै गएको उहाको टिप्पणी थियो । उहाले आगामी चुनावमा माओवादीको पत्तासाफ हुने र माधव नेपालको समूह पार्टी नै नबनी कोपिलैमा ओइलिने उल्लेख गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको