झापाको माई खोला दोभानमा एक महिला मृत फेला

झापा, मंसिर २३ । झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० माईधारस्थित माईखोला र सरदारे खोलाको दोभानमा एक महिला मृत फेला परेको प्रहरीले जनाएको छ् ।

मङगलबार बिहान अन्दाजी ९ः २० बजे खोलाको दोभानमा शिवसताक्षी १० जीवनटोल बस्ने ६२ वर्षीया बिमला माझी पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा टोली खटिएर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रकृयापश्चात् शव पोष्टमार्टमको लागि आम्दा अस्पताल दमक पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रहरीको गोलीले युवकको मृत्यु, एबी मलमा आगजनी

काठमाडौं,१४ साउन । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको स्थिति अत्यन्तै तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले गोलबजार स्थित सिरहा

मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा समेट्न मन्त्रालयमा छलफल

काठमाडौं,१४ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं,१४ साउन । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छन । उहाँले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रका नाममा सम्बोधन गर्न

सिरहामा झडपः गोली लागेर १८ वर्षीय युवक गम्भीर घाइते

सिरहा,१४ साउन । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते हुनु भएको छ। छातिमा गोली लागेर धनुसाधाम घर भएका अन्दाजी

सांसद पौडेल माथि अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट,१४ साउन । रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार

सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन

काठमाडौँ,१४ साउन । बिहीबार आयोजित ‘राहत शिक्षक एकता भेला’ कायक्रममा बोल्दै उहाँले जहाँ एकता हुन्छ त्यहाँ सफलता र विजय सुनिश्चित हुने बताउनु भएको हो ।