दमक उद्योग वाणिज्य संघको चुनावी सरगर्मीः व्यवसायीले खोज्दैछन् यस्ता नेतृत्व

दमक, २४ मंसिर । दमक बजार अहिले चुनावी चहलपहलले गर्माएको छ। उद्योग वाणिज्य संघ दमकको आगामी कार्यसमितिको निर्वाचन नजिकिँदै जाँदा व्यापारी र उद्योगी क्षेत्रको गतिविधि तीव्र बनेको हो। पसल, गोदाम, सप्लायर्सदेखि ठूला व्यवसायिक प्रतिष्ठानसम्म अहिले एउटै प्रश्न गुञ्जिरहेको छ— अब आउने नेतृत्व कस्तो होस्‌?

बजार व्यवस्थापन, लगानीमैत्री वातावरण, कर प्रणालीमा सहजीकरण र व्यवसायमैत्री नीतिको अपेक्षासहित व्यवसायीहरू यसपटकको निर्वाचनलाई निकै चासोका साथ हेरिरहेका छन्। दमकका विभिन्न बजार क्षेत्रमा पुग्दा व्यवसायीहरूको एउटै स्वर सुनिन्छ उद्योग वाणिज्य संघ अब चाहिँ राजनीति भन्दा माथि उठोस्।
टियस मेची सप्लायर्सका सञ्चालक रमेश खतिवडाका अनुसार उद्योग वाणिज्य संघको नेतृत्व गर्ने व्यक्ति कुनै पनि राजनीतिक दलको कार्यकर्ता नभई व्यवसायीको हकहितका लागि निडर भएर बोल्न सक्ने हुनुपर्छ।

यता नमुना स्टोरका सञ्चालक सेखर न्यौपाने नेतृत्वमा आउने व्यक्तिमा व्यवसायिक ज्ञान अनिवार्य हुनुपर्ने बताउनुहुन्छ। आफैँ व्यवसाय गरेको व्यक्तिले मात्र व्यवसायीका पीडा, समस्या र जोखिम बुझ्ने उहाँको भनाइ छ।

ह्याप्पी बडी फुटवेयरका सञ्चालक बद्रीप्रसाद धमलाका अनुसार बजारको व्यवहारिक अनुभव नभएको नेतृत्वले व्यवसायीको समस्या समाधान गर्न सक्दैन। त्यसका साथै नेतृत्वको छवि पनि स्वच्छ हुनुपर्ने उहाँको जोड छ।

गणेश किरानाका सञ्चालक गणेश सुवेदी आफूले सोचेजस्तो नेतृत्व पाउनु सजिलो नभएको बताउँदै पनि केही आधारभूत गुण भने अनिवार्य हुनुपर्ने धारणा राख्नुहुन्छ। सरल स्वभाव, व्यवसायीका समस्या बुझ्ने क्षमता र निर्णय गर्ने साहस भएको व्यक्ति नेतृत्वमा चाहिएको उहाँको भनाइ छ।

दमकका व्यवसायीहरूका यी अपेक्षा र आवाज उम्मेदवारहरूले कत्तिको आत्मसाथ गर्छन् भन्ने विषयमा सबैको चासो छ। राजनीति–मुक्त, अनुभवी, स्वच्छ छवि भएको र व्यवसायीमैत्री नेतृत्व चयन हुन्छ कि हुँदैन भन्ने अन्तिम जवाफ भने अब आउने उद्योग वाणिज्य संघ दमकको निर्वाचन परिणामले नै दिनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,