विपन्न विद्यार्थीलाई न्यानाे कपडा बाँड्दै लायन्स क्लव

दुई सय बढीले पाए स्वीटर

पथरी शनिश्चरे, मङ्सिर २६ । मोरङ्गको पथरीमा स्थापित विभिन्न लायन्स क्लबहरुले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेका छन्। आज एक समारोहका बिच ४ वटा लायन्स क्लबले जाडो मौसममा न्यानोपन बाढ्ने उद्धेश्य स्वरुप सम्पुर्ण विद्यार्थीहरुका लागि स्वेटर वितरण गरेको हो।

 

हेमसागर चापागाँई नेतृत्वमा रहेको लायन्स क्लव अफ पथरी, सावित्रा राजभण्डारी नेतृत्वको लायन्स क्लव अफ पथरी शनिश्चरे, विन्दु राई नेतृत्वको लायन्स क्लव अफ पथरी क्रियटिभ लेडीज र राजेन्द्र कार्की नेतृत्वमा रहेको लायन्स क्लव अफ हेल्थ प्रोफेशनलले संयुक्त रुपमा सो सामाग्री वितरण गरेको हो।

मोरङ पथरीशनिश्चरे– ४ मा रहेको सरस्वती आधारभूत विद्यालयका २ सय १७ जना विद्यार्थीका लागी सो न्यानो स्वेटर प्रदान गरेको हो। पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्यता र नगर शिक्षा शाखा प्रमुख नवीन खुलाल, वडा अध्यक्ष लोक किरण न्यौपाने, ३२५ सि का चिफ एरिया कोर्डिनेटर रोशन बुढाथोकी , एरिया कोर्डिनेटर सन्जिब बुढाथोकी , जोन चियर पर्सन मुरारी आचार्य, क्लबका पूर्व अध्यक्षहरू गोमा पौडेल बुढाथोकी, चमेली बेगा, देवी राई, विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डिक बहादुर बस्नेत सहित व्यवस्थापन समितिका पदाधिकारी लगायत क्लवका पदाधिकारी र अन्य सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुम्बापोले प्रायः सामुदायिक विद्यालयमा कम आयश्रोत भएका, अभाव बुझेका विद्यार्थीहरु रहने बताउदै यस्ता किसिमका सहयोगले ठुलो टेवा पुर्याउने बताउनु भयो।

कार्यक्रममा बोल्दै नगर शिक्षा शाखा प्रमुख नवीन खुलाद बुढाथोकीले लायन्सको यस किसिमको कार्यले अभाव झेलिरहेका विद्यार्थीहरुलाई पठनपाठनमा समेत सहयोग पुग्ने बताउनु भयो। साथै चिफ एरिया कोर्डिनेटर रोशन बुढाथोकिले लायन्सले सामाजिक कार्य अन्तर्गत विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गरिरहेको र निरन्तर गरिरहने बताउनु भयो।

वेटर वितरण कार्यक्रममा बोल्दै लायन्स क्लबअफ पथरीका अध्यक्ष हेमसागर चापागाईले हामी सेवा गर्छौ भन्ने लायन्सको मन्त्र अनुरुप जाडोमा विद्यर्थीहरुलाई न्यानोपन बाढ्न पाउँदा प्रफुल्लित भएको बताउनु भयो।

कार्यक्रममा ३२५ सि का चिफ एरिया कोर्डिनेटर रोशन बुढाथोकी, क्लबका अध्यक्षहरु लगायतले समेत बोल्दै सामाजिक कार्यमा लागिरहने प्रतिवद्ध्ता व्यक्त गर्नु भएको थियो। स्वेटर वितरण पश्चात विद्यालयका प्रधानाध्यापक राम प्रसाद न्यौपानेले क्लबका अध्यक्षहरुलाई प्रशंसा पत्र प्रदान गर्दै पुण्यको कार्यमा लागि रहन उत्प्रेरित गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको