नयाँ राजनीतिक संस्कारको विकास गराउन जेनजी अभियन्ताको जोड

दमक, २८ मंसिर । पुराना राजनैतिक सस्कारले नेपालमा भ्रष्टचार गर्न प्रोत्साहन गरिरहेकोले त्यसका विरुद्धमा नयाँ राजनैतिक सस्कार विकास गर्न आवश्यक रहेको जेन जी फ्रन्टकी संयोजक रक्षा बलमे बताउनु भएको छ ।

 

आईतबार झापाको दमकमा निर्वाचन क्षेत्र नं ५ स्तरीय जेन जी जागरणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो यदी पुरानै राजनितीलाई नयाँ पुस्ताले पनि पछ्यायो भने फेरी भ्रष्टचार हुनपो उद्धत हुने हो कि भन्ने डर हामीलाई लागीरहेको छ । ’

यस्तै सो सभालाई सम्बोधन गर्दै अर्का जेन जी अभियान्ता यतिष ओझाले भने नेकपा एमालेलाई जवाफ दिनु भएको छ । एमाले महाधिवेसनका बेला बोल्ने वक्ताहरुले २४ गते सिंहदरबार जालाउनेलाई विर्सेका छैनौ भन्दै दिएको अभिव्यक्तिको जवाफ दिदै ओझाले भन्नु भयो हामीले त्यसबेलाका प्रधानमन्त्रीलाई देशको धन र देशबारीको जन जोगाउन प्रधानमन्त्री बनाएका हौ कि हैनौ ? देशको जनताको रक्षा गर्ने भनेर सपथ खाएकाहरुले नै यसका विरुद्धमा अभिव्यक्ति दिनु के नैतिकवान हो भन्दै उहाँले प्रहरी र प्रशासनलाई समेत प्रश्न गर्नु भएको छ ।

नेशनल जेन जी फ्रन्टको आयोजना र अग्रगामी झापा ५ को स्थानीय व्यवस्थापनमा भएको कार्यक्रममा प्रचार गरीए जती भने सहभागी रहेका थिएनन । यद्यपि सहभागी जति भएपनि यसले यूवा पुस्ता परिवतर्नको पक्षमा छन् भन्ने सन्देश चाहि दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव अधिकार रक्षा र दण्डहीनताको अन्त्यमा संसद् प्रतिबद्ध छः सभामुख अर्याल

काठमाडौं,१३ जेठ । सभामुख डोलप्रसाद अर्याल (डिपि)ले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताउनु भएको छ् । राष्ट्रिय मानव अधिकार

अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा

काठमाडौं,१३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गर्नुभएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा

बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो

काठमाडौं,१३ जेठ । प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुन लागेकाले रासायनिक मलको सहज तथा सुलभ आपूर्ति सुनिश्चित

नेपालको अर्थतन्त्रमा सुधारः आर्थिक वृद्धिदर ३.८५% हुने

काठमाडौं,१३ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षणले विश्व अर्थतन्त्रमा अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बीच पनि

इतिहास रच्चियो: माङसेबुङ बन्यो लिम्बू भाषालाई सरकारी कामकाजमा ल्याउने नेपालकै पहिलो पालिका

इलाम, वैशाख २०८३ । नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलामको माङसेबुङ गाउँपालिका रैथाने पहिचान र भाषा अधिकार संरक्षणको क्षेत्रमा देशकै पहिलो ऐतिहासिक पालिका बनेको छ ।

किन हुन्छ महिनावारीमा असह्य पीडा? जान्नुहोस् यसको पछाडिको प्राकृतिक र वैज्ञानिक कारण

महिनावारीको समयमा धेरैजसो महिलाहरूले पेटको तल्लो भाग, ढाड र तिघ्रामा कडा दुखाइ अनुभव गर्छन्। कतिपयका लागि यो दुखाइ सामान्य हुन्छ भने कतिपयका लागि यो यति