ओली प्यानलमा कोशी प्रदेशबाट को–को बने केन्द्रीय समितिका उम्मेदवार ?

विराटनगर,२९ मंसिर । नेकपा एमालेको जारी ११औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली पक्षले उम्मेदवारहरू टुंगो लगाएको छ । कोशी प्रदेशबाट अध्यक्ष ओली, उपाध्यक्ष गुरुप्रसाद बराल, उपमहासचिवमा भानुभक्त ढकाल, सचिवमा हिक्मत कार्की र शेरधन राईसहित ५ जना पदाधिकारी उम्मेदवार बन्नु भएको छ।

 

ओली पक्षले बाँकी २८२ जनाको केन्द्रीय सदस्य उम्मेदवार पनि टुंगो लगाएको छ । जसमा कोशी प्रदेशबाट भूगोलतर्फका ९ जना उम्मेदवारमा खुलातर्फ सोलुखुम्बुका मानवीर राई, मोरङका जीवन घिमिरे, झापाका रोमनाथ ओली, इलामका रामबहादुर मगर र झापाका इन्द्र भण्डारी रहनु भएको छ । यस्तै महिलातर्फ सुनसरीकी मञ्जु भण्डारी, झापाकी मेनुका काफ्ले र मीना उप्रेती तथा युवातर्फ ताप्लेजुङका क्षितिज थेबे उम्मेदवार बन्ने हुनु भएको छ ।

कोशी प्रदेशबाट आदिवासी जनजाति क्लस्टरमा पाँचथरका श्रीप्रसाद जबेगु, ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, धनकुटाका राजेन्द्र राई, ताप्लेजुङका पासाङ शेर्पा, भोजपुरका हेमराज राई र युवातर्फ झापाका मनोज ताम्ली उम्मेदवार बन्ने भएका छन् । आदिवासी जनजाति महिलातर्फ खोटाङकी उषाकला राई, पाँचथरका आशा जबेगु, भूमिका सुब्बा र धनकुटाकी तारा तितुङको नाम टुंगो लगाइएको छ । कोशी प्रदेशबाट मधेशी क्लस्टरमा सुनसरीका जगदीश कुसियैत र मोरङका दिलीप बगडिया उम्मेदवार बन्नु भएको छ।

यस्तै दलित महिलातर्फ कोशीबाट तेह्रथुमकी विष्णुमाया विक उम्मेदवार बन्दा थारु महिलातर्फ उदयपुरकी मञ्जु चौधरी उम्मेदवार बन्नु भएको छ। केन्द्रीय सदस्य खुल्लातर्फ संखुवासभाका राजेन्द्र गौतम, सुनसरीका भीम आचार्य, झापाका अग्नि खरेल, मोरङका लालबाबु पण्डित, संखुवासभाका तुलसी न्यौपाने, सुनसरीका प्रेम दंगाल, झापाका देवेन्द्र दाहाल, जितबहादुर दर्जी, गोविन्द थापा, दीपक कार्की, खोटाङका विशाल भट्टराई र ओखलढुंगाका यज्ञराज सुनुवार उम्मेदवार बन्नु भएको छ।
यस्तै खुल्लामै झापाकै चिन्तन पाठक, मोरङका ऋषिकेश पोखरेल, झापाकै होमबहादुर थापा उम्मेदवार बनेका छन् भने खुला महिला उम्मेदवार झापाकी एलिजा गौतम, सुनसरीकी भगवती चौधरी, झापाकै गीता अधिकारी, सुनिता बराल, निर्मला पाठक, खोटाङकी बिनादेवी राई, इलामकी शकुन्तला लेप्चा, झापाकी जलवर्षा राजवंशी, ओखलढुंगाकी अस्मिता थापा, मोरङकी शिल्पा निराला कार्की उम्मेदवार बन्नु भएको छ ।

ओली पक्षले उम्मेदवारको सूचीमा राखेका कतिपय व्यक्तिले उम्मेदवार बन्न अस्वीकार गरिरहेका छन् । पदाधिकारी दाबी गरिरहेका झापाका अग्नि खरेललाई सदस्यको उम्मेदवार बनाएपछि उहाँ ईश्वर पोखरेल पक्षको उम्मेदवार बन्ने सम्भावना देखिएको छ । पोखरेल पक्षले भने आफ्नो समूहको अन्तिम नामावली सार्वजनिक गरेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी