प्रदेश सभा निष्क्रिय रहेका बेला सरकारको गतिविधिप्रति काेशीमा विपक्षी दलका नेता असन्तुष्ट

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित अधिकांश मन्त्री विराटनगर बाहिर ।

विराटनगर,२९ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू यतिवेला राजधानी विराटनगरमा हुनुन्न । एमालेबाट निर्वाचित मुख्यमन्त्री र मन्त्रीहरू सोही पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौँ केन्द्रित हुनु भएको छ । कांग्रेसका मन्त्रीहरू पनि राजधानी बाहिर रहेको कर्मचारी स्रोतले बताएको छ ।

 

एमाले महाधिवेशनका क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की सचिवको उम्मेदवार बन्नु भएको छ । यस्तै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, राज्यमन्त्री सिर्जना राई पनि काठमाडौँमै हुनुन्छ । जसमध्ये मगर ओली पक्षबाट केन्द्रीय सदस्यका उम्मेद्वार हुनुन्छ । अन्य मन्त्रीहरू महाधिवेशन प्रतिनिधि छन् ।

 

कांग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई गृहजिल्ला खोटाङको विकास निर्माणमा लाग्नु भएको छ भने पर्यटन, वन तथा वातवारण मन्त्री सदानन्द मण्डल पर्यटन बोर्डको एक कार्यक्रमका लागि काठमाडौँ पुग्नु भएको छ । उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गाम पनि विराटनगर बाहिर हुनुन्छ । जेनजी आन्दोलनको तीन महिना बितिसक्दा पनि प्रदेश सभा निष्क्रियजस्तै बनेको छ । कोशी प्रदेश सभाको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा ६४ वटा विधेयक दर्ता भएकोमा ६२ वटा पास गरेको सभा अहिले निष्क्रिय छ । दोस्रो कार्यकालमा ३४ वटा विधेयक दर्ता भएकोमा २७ वटा पारित भएका छन् भने ४ वटा निष्क्रिय र २ वटा विधेयक विचाराधीन अवस्थामा छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र आङबोले सरकारले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा चासो नदिएको र जानाजान संसद् छल्न खोजेको आरोप लगाउनु भएको छ । ‘जेनजी’ आन्दोलनको नाममा भएको क्षतिलाई देखाएर संसदबाट सरकार भाग्न खोजेको आङ्बोको आरोप छ । हिउँदे अधिवेशन सुरु गर्नुपर्ने समय घर्किसक्दा पनि सरकारको कुनै सुरसार नभएको भन्दै उहाँले अब विपक्षी दलहरू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनु भयो ।

आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेश सभा सचिवालयलाई विराटनगरबाट मोरङको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारमा सारिएको छ । संघीय सरकारको १३ करोड ७६ लाख लगानीमा बनेको यो भवन लामो समयदेखि बेवारिसे थियो । अहिले त्यहाँ सभाहल निर्माण र मर्मतका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ करोड ४० लाख २४ हजार ७ सय ९२ रुपैयाँ माग गरेको छ, तर आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत सुनिश्चितता नगरिदिँदा काम सुरु हुन सकेको छैन ।

मन्त्रालयले तयार पारेको विवरणअनुसार सबैभन्दा धेरै बजेट सभाका समितिको हल मर्मतका लागि २ करोड ८५ लाख ६४ हजार ६२४ रुपैयाँ र बैठक बस्ने सभाहल निर्माणका लागि २ करोड १३ लाख ५७ हजार ५ सय ५६ रुपैयाँ प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी