चलचित्र ‘पीआर’ मा पथरी शनिश्चरेकी नायिका विनिताको प्रभाव

पथरी शनिश्चरे २९ मंसिर / मोरङको पथरी शनिश्चरेकी विनिता कार्की मुख्य भूमिकामा अभिनित चलचित्र ‘पीआर’ देशभरका विभिन्न हलहरूमा प्रदर्शनमा आएको छ ।
केहीदिनअघि राजधानीमा आयोजना गरिएको भव्य प्रिमियर शो मा नेपाली चलचित्र क्षेत्रका पुराना तथा नयाँ पुस्ताका कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जहाँ विनिताको अभिनयको प्रशंसा गरिएको थियो ।

 

 

प्रिमियरमा उपस्थित अभिनेत्री रेखा थापा, कलाकार दिपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, निर्देशक तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साथै गायक टंक बुढाथोकीलगायतका कलाकर्मीहरुले विनिताले चलचित्रमा प्रस्तुत गरेको भावनात्मक अभिनयका लागि प्रशंसा गरेका थिए । चलचित्रमा विनिताका साथै नयाँ र पुराना कलाकारको प्रभावशाली उपस्थिति र उनीहरूबीचको प्राकृतिक केमेस्ट्री दर्शकलाई मन परिरहेको प्रारम्भिक प्रतिक्रिया आएको छ ।

 

फिल्म सार्वजनिक भएको पहिलो दिनमै हलहरूमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नुभएको छ । विदेशमा नेपालीहरुले ‘पीआर’ पाएको अर्थात स्थायी बसोबासको अनुमति पाएको विषयका समस्यासहितलाई चलचित्रमा प्रस्तुत गरिएको छ । विनिता स्थानीय केबी मेमोरियल बोर्डिङ अध्ययनपछि उच्चशिक्षाका क्रममा विदेशमा रहँदै आउनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी