काठमाण्डौँ,३ पुस । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी हुनु भएको छ । बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उहाँ विजयी भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिनु भयो ।
पोखरेलले १ हजार २२८ मत प्राप्त गर्नु भएको छ । अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी हुनु भएको छ ।









