जेष्ठ नागरीक सम्मान

दमक ७ मा निशुल्क स्वास्थ्य परिक्षण र औषधी समेत वितरण

दमक, ३ पुष । दमक नगरपालिका वार्ड नं ७ मा रहेका जेष्ठ नागरीकहरुको सम्मानका साथै निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहिबार वार्ड कार्यालयको आयोजनामा बृहत स्वास्थ्य शिविर गरियो भने जेष्ठ नागरिक सम्मान प्रतिस्ठान वार्ड नं ७ को २२ औ वार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरीएको छ ।

स्वास्थ्य परिक्षण गर्न आउनु भएका जेष्ठ नागरिकहरुले चिकित्सकसग अधिकांशले आफ्नो दीर्ग रोगको बारेमा राख्नु भएको थियो । दमक ७ राधाकृष्ण टोलबाट शिविरमा आउनु भएकी नरमाया दाहालले भन्नु भयो डाक्टहरुले के भएको छ भन्नु भयो आफ्नो समस्या र रोग भने उहाँहरुले थप उपचारकालागी अस्पताल बोलाउनु भएको छ । ’

यस्तै दमक ७ मा रहेको किरात भवनको छेवैमा रहनु भएका …..ले आफु यहाँ आवश्यक परेअनुसार आइनै रहने बताउनु हुन्छ । तर आज चाहि आएर आफ्नो स्वास्थ्य परिक्षण गराउन पाएको र यसको उपचार समेत गर्न पाउँदा राम्रै भएको प्रतिकृया दिनुभएको छ ।

वार्ड कार्यालयले लाईफलाईन अस्पताल, बिर्ताज्योती आखा अस्पतालसगको प्राविधिक सहयोगमा बिषेशज्ञ शिविर सञ्चालन गर्यो । यसबाट जेष्ठ नागरीकको स्वास्थ्य अवस्था कस्तो रहेछ र अव के गर्न सकिन्छ भन्नेबारेमा समेत अवगत हुन सक्ने आधारभूत स्वास्थ्य केन्द दमक ७ का संयोजक नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
जेष्ठ नागरीकका लागि यस भन्दा अघील्ला वर्ष दमकमा निशुल्क स्वास्थ्य बिमा र घर घरमै गएर स्वास्थ्य परिक्षण गरिने कार्यक्रम थियो । तर पछिल्लो जेन जी आन्लदोलनका कारण त्यस खालका कार्यक्रम प्रभावित भए । यद्यपी वार्ड नं ७ ले अन्य सघं सस्थाहरुसग सहकार्य गरेर भएपनि जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने र अन्य सहयोग गर्ने काम चाहि निरन्तर गरिरहेको वार्ड अध्यक्ष भीम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी जेष्ठ नागरीक सम्मान प्रतिस्ठान दमक ७ ले आफ्नो स्थापनाको २२ औ साधारणा पनि सोहि अवसरमा सम्पन्न गरेको छ । यस अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरीएको सचिव रीङ कुमार आचार्यले जानकारी दिनुभयो । जाडोको समयमा कम्तिमा एउटा टोपी, घरभीत्र लगाउने चप्पल, तातोपानी राख्ने थर्मस तथा फलफूल समेत दिएर जेष्ठ नागरीक प्रति सम्मान गरीएको आचार्यले जानकारी दिनुभएको छ ।

जेष्ठ नागरीकहरुको अनुभवलाई आम्तसाथ गर्दै नयाँ पुस्ताको सोच र खोजलाई समेत स्विकार गरेर अघी बढ्ने हो पनि सामाजीक रुपान्तरण सम्भव छ भन्ने सोचका साथ यसखाले कार्यक्रम आयोजना गरीएको जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने उज्यालो नेपाल पार्टीको निर्णय

काठमाडौं,१२ साउन । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा

चीनमा ७१ वर्षीया वृद्धाद्वारा नदीमा डुबिरहेका युवकको जीवन रक्षा

काठमाडौं,१२ साउन । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाउनु भएको छ। उहाँको बहादुरीको चौतर्फी

निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै : डा. राजीब सुब्बा

काठमाडौं,१२ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका

बामपन्थी घटक बीच एकता र लोकतान्त्रिक शक्तिहरु बीचमा सहकार्य आजको आवश्यकता

झापा,१२ साउन ।नेपालमा कम्युनिष्ट पार्टीको स्थापना वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको थियो। स्थापना पछि पार्टीले राणा शासनको अन्त्य, लोकतन्त्रको स्थापना, सामाजिक न्याय

सुधन गुरुङ उपसभापति बन्दै, रास्वपाभित्रको नयाँ चर्चा

काठमान्डौं,१२ साउन । महाधिवेशनले १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि हालसम्म सभापतिसहित ९९ जना मात्रै निर्वाचित भएका छन्। अब ५१ जना

एकै पटक अस्पतालका चिकित्सकहरूको राजीनामा

वीरगन्ज,१२ साउन । वीरगन्ज (पर्सा) वीरगन्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि भएको तोडफोड र चिकित्सकहरूमाथि भएको कुटपिटको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको ग्यारेन्टी