काठमाडौं,११ पुस। नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेल गुण्डु पुग्नु भएको छ। शुक्रबार ओलीलाई भेट्न मन्त्री खरेल भक्तपुरको गुण्डुको निवासमा पुग्नु भएको हो ।
खरेलको सचिवालयका अनुसार उहाँहरुबिच आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको छ। आज बिहान खरेलले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नु भएको थियो। शीर्ष दलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको बताएपछि सरकारका मन्त्रीहरूले भेटघाट तीब्र पारेका हुन्।

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता
दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित








