दूधकोशी जलविद्युत

दूधकोशी जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा अधिग्रहण प्रकृया सुरु

 

 

झापा /

दूधकोशी जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रकृया सुरु भएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा प्राप्तिको प्रकृया सुरु भएको हो।

आयोजना प्रभावित क्षेत्र चिसंखुगढी गाउँपालिकाका पाँच वडाका २४२१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुखबिरुवासमेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गरेको हो ।

वडानम्बर १ (साविकको कुइभिर गाविस) का ११४९, वडानम्बर २ (साविकको पोखरे गाविस) का २५३ घरपरिवार, वडानम्बर ३ (साविकको दियाले गाविस)को ६००, वडानम्बर ६ (साविकको भदौरे गाविस) को ३७१ र वडानम्बर ७ (साविकको माम्खा गाविस)का ४८ घरपरिवारको नाममा रहेको जग्गा अधिग्रहण हुने भएको छ ।

सूचनामा उल्लिखित जग्गाको कारोबार आजैदेखि रोक्का भएको छ । र, यी जग्गामा कुनै नयाँ संरचना बनाउन पाइने छैन ।

यदि आफ्नो जग्गा प्राप्त गर्न नपर्ने भए १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।

झण्डै दुई खर्ब लागत अनुमान गरिएको यो आयोजना निर्माणका लागि एसियाली विकास बैङ्क, युरोपेली लगानी बैङ्क, एशियाली पूर्वाधार लगानी बैङ्क र कोरियाली एक्जिम बैङ्कको संयुक्त लगानी रहनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन