अनुसन्धान जारी

एम्बुलेन्समा ५ क्विन्टल गाँजा सहित २ जना पक्राउ

प्रहरीले बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

मोरङ,१४ पुस । बिरामी बोक्ने एम्बुलेन्सलाई लागुऔषध तस्करीको हतियार बनाउने गिरोहलाई मोरङ प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ । आइतबार राति मोरङको केराबारी गाउँपालिका–५, लाफा टोलमा प्रहरीले हवाई फायर गरी ५ सय २१ किलो (५ क्विन्टल बढी) गाँजा बरामद गरेको छ।

धनकुटाबाट मोरङतर्फ एम्बुलेन्समा गाँजा भित्रिँदैछ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तस्करीमा संलग्नहरूलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी र केराबारीका असई फजिन्द्र तोलाङ्गीको नेतृत्वमा खटिएको संयुक्त टोलीले प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई रोक्न खोजेको थियो । तर, प्रहरीलाई देख्नासाथ तस्करहरू एम्बुलेन्स छाडेर जङ्गलतर्फ फरार हुन खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो । भाग्न खोज्नेहरूलाई नियन्त्रणमा लिन असई तोलाङ्गीले चिनियाँ पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

प्रहरीको कडा घेराबन्दी र गोली चलेपछि तस्करहरू आत्मसमर्पण गर्न बाध्य भएका छन्। पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटा सहिदभूमि–६ का ३५ वर्षीय निश्चल राई र साँगुरीगढी–२ का २० वर्षीय खगेन्द्र लिम्बू छन् ।
बरामद गरिएको गाँजा तौल गर्दा ५ सय २१ किलो फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिनु भयो । उहाँका अनुसार एम्बुलेन्सभित्र १६ वटा ठूला पोकामा गाँजा कोचेर राखिएको थियो । छानबिनका क्रममा उक्त एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१, खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठान को नाममा दर्ता रहेको खुलेको छ । मानवीय सेवाका लागि प्रयोग हुनुपर्ने एम्बुलेन्सको यसरी चरम दुरुपयोग हुनुले सुरक्षा निकायलाई समेत गम्भीर प्रश्न उठेको छ ।
प्रहरीले बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । यस तस्करीको जालो कहाँसम्म फैलिएको छ भन्नेबारे इन्स्पेक्टर राजीव गिरीको टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा एकको मृत्यु, एक घाइतेको उपचार जारी

काठमाडौं,१७ कार्तीक । सोलुखुम्बुमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा घाइते भएका एक जनालाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ। दुर्घटनामा एक भारतीय पर्यटकको मृत्यु भएको

दशौँ राष्ट्रिय खेलकुदको मुख्य गन्तव्य बन्दै वीरेन्द्रनगरको आधुनिक प्रदेश रंगशाला

सुर्खेत , कार्तिक १७। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला अहिले कर्णालीको खेलकुद गौरव र पहिचानको नयाँ आधार बनेको छ । आधुनिक खेल

झापामा मोटरसाइकल दुर्घटना बढ्दो : एकै दिन ११ जना घाइते

झापा, १७ कात्तिक । झापाका विभिन्न स्थानमा भएका पाँच छुट्टाछुट्टै दुई पाङ्ग्रे सवारी दुर्घटनामा परी ११ जना घाइते भएका छन्।हिजो मँगलबार साँझ ६ : १५

झापामा डेढ लाख बराबरको अवैध पटका बरामद

झापा, १७ कात्तिक । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको पटका झापा प्रहरीले बरामद गरेको छ। आइतबार दिउँसो

झापामा ब्राउन सुगरसहित तीनजना पक्राउ, एक फरार

झापा, १७ कात्तिक । झापाका छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।लागूऔषध

चार महिनासम्म राहदानी नआएपछि सेवाग्राहीको गुनासो, प्रजिअ पोखरेलले बनाए छानबिन कार्यदल

दमक, १७ कात्तिक  । ‘चार महिना भइसक्यो, मेरो पासपोर्ट अझै आएन। कहिले आउँछ होला ?’ सामाजिक सञ्जालमा जय रज्जले गरेको यो प्रश्न राहदानी कुरिरहेका धेरै

नेपाल र स्विट्जरल्यान्डका संसदीय अध्यक्षबीच भेटवार्ता

काठमाडौं,१६ कार्तीक । सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारमा भएको