ओलीलाई विदेश भ्रमण र उपत्यका छाड्न लगाएको रोक फुकुवा

काठमाडौँ,२१ पुस । गत भदौ २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद हटाउने निर्णय गरेको छ। आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको जनाएको छ ।

p

ती घटनाहरूको अनुसन्धानका क्रममा पुर्व प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आयोगले सोधपुछ र आवश्यक बुझ्ने कार्य सम्पन्न गरिसकेको बताइएको छ। सोधपुछको प्रक्रिया सकिएकाले उहाँ माथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले फुकुवाको निर्णय गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिनु भयो ।

यसअघि आयोगको २०८२ असोज १२ गतेको बैठकले अनुसन्धानको दायरामा रहेका कारण उहाँलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाह र तयारी पोशाक उद्योगीबीच छलफल हुँदै

काठमाडौं,५ साउन । प्रधानमन्त्री बालेन शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने हुनु भएको छ। मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ महानगरद्वारा १२ विधामा व्यवसाय कर वर्गीकरण

काठमाडौँ,५ साउन । काठमाडौँ महानगरपालिका भित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा

गाजामा युद्धको प्रभाव अंगभंग शरीरमै फुटवल खेल्दैछन् घाइतेहरु

एजेन्सी । गाजामा युद्धका क्रममा घाइते भएका युवाहरुमा फुटवलप्रतिको क्रेज तिब्र देखिएको छ । उनी भग्नावशेषबीच फुटबल खेलिरहेका छन्। कोही बैसाखीको सहारामा त कोही एउटा

दमकका होलसेल व्यवसायीले १२३ विद्यार्थीका झोलामा यसरी भरीदिए आशा

माङसेवुङका यी १२३ बालबालिकाका हातमा परेको झोला, कापी र जुत्ता वस्तु मात्र होइनन्। ती उनीहरूको आत्मविश्वासका साथी हुन्, शिक्षाप्रतिको विश्वासका प्रतीक पनि ।