गौरादहमा चिनियाँ भाषा अध्ययन, यसको उद्देश्य के हो ?

दमक, २० मंसिर । झापाको गौरादह नगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच गत साउन ३१ गते चिनियाँ भाषा अध्यापन गराउने विषयमा दुईपक्षीय सम्झौता भएको थियो। कक्षा १२ को अध्ययन पूरा गरी स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले अब गौरादहमै चिनियाँ भाषा अध्ययन गर्न पाउने भएका छन्।यो अध्ययन लुम्बिनी बौद्ध विश्वविद्यालयको पाठ्यक्रममा आधारित हुनेछ। चिनियाँ भाषासँगै बौद्ध दर्शनका विषयमा पनि अनिवार्य अध्ययन गर्नुपर्ने व्यवस्था रहेको छ। चिनियाँ भाषा अध्ययन गर्ने विद्यार्थीले विज्ञान, कृषि, शिक्षा, मानविकी, बिजनेस तथा सूचना प्रविधि (आईटी) लगायतका विषयमा समेत अध्ययन गर्न सक्नेछन्।

यी विषय अध्ययन गर्न चाहने गौरादह र आसपासका क्षेत्रका २० देखि ३५ जनासम्म विद्यार्थीलाई अध्यापन गराउन सकिने गरी आवश्यक भौतिक संरचना तयार गरिएको छ। यसका लागि आवश्यक प्राध्यापकको पारिश्रमिक र आवासको व्यवस्थापन समेत नगरपालिकाले गर्नेछ।गैरादहकै स्थायी बासिन्दा भएर चिनियाँ भाषामा आफ्नो पढाइ अघि बढाउन चाहने तर आर्थिक अभावमा रहेका गरिब तथा विपन्न विद्यार्थीलाई नगरपालिकाको छात्रवृत्ति कोटाबाट समेत अध्ययन गर्न पाउने व्यवस्था गरिएको नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयो।

गौरादहमा यो कक्षा सञ्चालन भई विद्यार्थी सहभागी भएर अध्ययन गर्दा चार वर्षको कुल खर्च करिब एक लाख ५० हजार रुपैयाँ हुनेछ। यस अध्ययनको नियमित शुल्क भने चार लाख रुपैयाँभन्दा बढी पर्ने बताइएको छ। तर स्थानीय तहसँगको समन्वय र सम्झौताका कारण विद्यार्थीले सहुलियत शुल्कमा चिनियाँ भाषा अध्ययन गर्न पाउने भएका हुन्।
नगरपालिकाले आफैँले लगानी गरेर यो कार्यक्रम किन सञ्चालन गर्न खोजेको होला भन्ने जिज्ञासा पनि स्वाभाविक रूपमा उठ्छ। यसको जवाफमा एउटा ठूलो सम्भावनाको योजना जोडिएको छ। त्यो हो, नेपाल–चीन औद्योगिक पार्क।

गैरादह, कमल र दमक क्षेत्रलाई समेटेर निर्माण गर्ने लक्ष्य राखिएको नेपाल–चीन औद्योगिक पार्कमा चिनियाँ लगानी भित्र्याउने र ठूला बहुराष्ट्रिय कम्पनीहरू स्थापना गर्ने विषयमा चर्चा हुँदै आएको छ। भविष्यमा ती उद्योगहरू सञ्चालनमा आउँदा चिनियाँ भाषामा दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले स्थानीय विद्यार्थीलाई अहिलेदेखि नै तयार पार्ने उद्देश्य नगरपालिकाको रहेको छ ।अर्कोतर्फ, यहाँ अध्ययन पूरा गरेपछि विद्यार्थीलाई स्नातकोत्तर तहको अध्ययनका लागि चीन जाने र त्यहाँ थप अवसर खोज्ने बाटोसमेत सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, चिनियाँ भाषा र विषयगत ज्ञान हासिल गरेका विद्यार्थीले नेपाल सरकारले लिने लोक सेवा आयोग तथा शिक्षा सेवा आयोगका परीक्षामा समेत आफ्नो दक्षताअनुसार प्रतिस्पर्धा गर्न सक्ने नगर प्रमुख सुवेदीको भनाइ छ।

यससँगै अर्को अवसर पनि जोडिएको छ। अधिकांश चिनियाँ नागरिक आफ्नो मातृभाषा मात्रै बोल्छन्। तर उनीहरूको उपस्थिति भने विश्वका हरेक कुनामा छ। व्यापारदेखि विभिन्न परियोजना तथा कार्यक्रमसम्म चिनियाँ नागरिकको सहभागिता विश्वव्यापी छ।त्यसैले चिनियाँ भाषामा अनुवाद गर्ने सीप मात्रै हासिल गर्न सके पनि नेपाल, भारत, चीन वा अन्य जुनसुकै देशमा रोजगारी तथा व्यावसायिक अवसर प्राप्त गर्न सकिने सम्भावना रहन्छ। चिनियाँ भाषाको अध्ययनले यस्ता अवसरको ढोका खोल्न सक्ने लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक डा. कुमार खड्काले बताउनुभयो।

चिनियाँ भाषा किन अध्ययन गर्ने ? यसबाट कस्ता अवसर प्राप्त गर्न सकिन्छ ? र ती अवसर कहाँ तथा कसरी उपयोग गर्न सकिन्छ ? भन्ने विषयमा गौरादह नगरपालिकाको सभाहलमा गत कात्तिक १८ गते बृहत् अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो।कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवालाहरूको बाक्लो उपस्थिति थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रतिनिधिहरूसँग सहभागीहरूले चिनियाँ भाषा अध्ययनको सम्भावना, यसको उपयोगिता र भविष्यमा प्राप्त हुन सक्ने अवसरका विषयमा प्रश्नोत्तरसमेत गरेका थिए। कार्यक्रममा विश्वविद्यालयका चिनियाँ निर्देशकहरूको समेत उपस्थिति रहेको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो

हुम्लामा भूकम्प , जोखिमको दृष्टिले संवेदनशील

हुम्ला कात्तिक २० । हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका

आईजीपी फेर्ने विषयमा रविको प्रश्नपछि प्रधानमन्त्री बालेनको टिप्पणी : देश र पार्टी जोगाउनु फरक कुरा हो ।

काठमाडौं,२० कार्तीक । प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत

आयातमा झन्झट र महँगो ढुवानी : नाफा होइन, व्यवसाय जोगाउनै धौ–धौ

काठमाडौं,२० कार्तीक । चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताँउनु

कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

काठमाडौं,कात्तिक २० । क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ । यही नोभेम्बर ९ देखि २० तारिखसम्म

गौरादहमा चिनियाँ भाषा अध्ययन, यसको उद्देश्य के हो ?

दमक, २० मंसिर । झापाको गौरादह नगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच गत साउन ३१ गते चिनियाँ भाषा अध्यापन गराउने विषयमा दुईपक्षीय सम्झौता भएको थियो।