कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

काठमाडौं,कात्तिक २० । क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ । यही नोभेम्बर ९ देखि २० तारिखसम्म टर्कीमा आयोजना हुन लागेको कोप ३१ को सम्मेलनमा नेपालको तर्फबाट क्रिएसन नेपालले जिरो वेस्टको शिर्षकमा प्यानल छलफल सन्चालन गर्न लागिएको क्रिएसनका महासचिव रोशना सुवेदीले बताउनु भयो ् ।

क्रिएसनले ११ नोभेम्बरमा साइडलाइन डिस्कसन गर्न लागिएको उहाँले बताउनु भयोे। उक्त छलफलमा विज्ञहरुले भाग लिने उहाँले जानकारी गराउनु भयो् ।

कोप ३१ ले तय गरेका विभिन्न एजेन्डाहरुमध्ये जिरो वेस्टलाई प्राथमिकताको दोश्रो स्थानमा राखेर फोहोरमैलाले जलवायु परिवर्तनमा पार्ने असरको बिषयलाई जोड दिएका छन् ।

नेपालको पेभेविलयनमा हुने छलफलमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व रहने छ भने फोहोरमैला सफाईकर्मी एलायन्सका प्रतिनिधि, साकेप लगायतका अन्तराष्ट्रिय संस्थाका प्रतिनिधि साथै, चक्रीय अर्थतन्त्र तथा फोहोरमैला व्यवस्थापन क्षेत्रमा कार्यरत विज्ञ तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहनेछ । उक्त संवादलाई क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले सहजकर्ताको भूमिका निर्वाह गर्नेछिन् ।

छलफलमा विशेषगरी शून्य फोहोर र दिगो फोहोर व्यवस्थापनलाई विभिन्न देशका थानीय अभ्यास र नीतिगत अनुभवलाई विश्वसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ ।

सामुदायिक फोहोरमैला व्यवस्थापन, स्रोतमा फोहोर वर्गीकरण, प्लास्टिक न्यूनीकरण, जैविक फोहोर प्रशोधन, पुनर्चक्रण, चक्रीय अर्थतन्त्र र हरित उद्यमशीलताका विषयमा अन्तर्राष्ट्रिय संवाद गर्नेछ ।

यसपटक नेपालले आफ्नै राष्ट्रिय पेभिलियन मार्फत जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो विकास तथा फोहोर व्यवस्थापनजस्ता विषयमा अन्तर्राष्ट्रिय स्तरमा छलफल र संवाद सञ्चालन गर्ने अवसर प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि हो ।

क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले क्रिएसन नेपालको लागि यो सुनौलो अवसर भएको भन्दै विश्वमञ्चमा जिरो वेस्टको बारेमा छलफल गर्नु ठुलो उपलब्धी भएको बताउनु भयो ।

कोपको इतिहासमा पहिलो पटक नेपालले आफनै पेभेलियनमा छलफल गर्ने अवसर प्राप्त गरेको छ । उक्त पेभेलियनमा नेपाले जलवायु परिवर्तनका विभिन्न शिर्षकमा छलफल गर्नेछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो

हुम्लामा भूकम्प , जोखिमको दृष्टिले संवेदनशील

हुम्ला कात्तिक २० । हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका

आईजीपी फेर्ने विषयमा रविको प्रश्नपछि प्रधानमन्त्री बालेनको टिप्पणी : देश र पार्टी जोगाउनु फरक कुरा हो ।

काठमाडौं,२० कार्तीक । प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत

आयातमा झन्झट र महँगो ढुवानी : नाफा होइन, व्यवसाय जोगाउनै धौ–धौ

काठमाडौं,२० कार्तीक । चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताँउनु

कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

काठमाडौं,कात्तिक २० । क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ । यही नोभेम्बर ९ देखि २० तारिखसम्म

गौरादहमा चिनियाँ भाषा अध्ययन, यसको उद्देश्य के हो ?

दमक, २० मंसिर । झापाको गौरादह नगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच गत साउन ३१ गते चिनियाँ भाषा अध्यापन गराउने विषयमा दुईपक्षीय सम्झौता भएको थियो।