आयातमा झन्झट र महँगो ढुवानी : नाफा होइन, व्यवसाय जोगाउनै धौ–धौ

काठमाडौं,२० कार्तीक । चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताँउनु भएको छ। उहाँका अनुसार तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन नसक्दा फलफूल तथा अन्य खाद्यवस्तु कोराला नाका हुँदै ल्याउनुपर्ने बाध्यता छ । लामो दूरी, सडकको समस्या, हिमपात तथा ढुवानी खर्च बढ्दा सड्ने–गल्ने फलफूलमा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको उहाँले बताँउनु भयो ।बानियाँले तातोपानी नाका सहज रूपमा सञ्चालन नहुँदा व्यवसायी मात्र नभई आम उपभोक्ता समेत प्रभावित भएको बताँउनु भयो । उहाँका अनुसार कोराला नाका हुँदै एउटा गाडी सामान ल्याउँदा करिब चार लाख रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको छ । तातोपानी नाका हुँदै ल्याउँदा भने त्यही सामान ५० हजारदेखि एकलाख रुपैयाँसम्मको ढुवानी खर्चमा ल्याउन सकिने उहाँले बताँउनु भयो ।

 

‘सयौँ कन्टेनर बाढीमा बगेका कारण अहिले कन्टेनरसमेत पाउन कठिन भएको छ,’ उहाँले भन्नुु भयो, ‘सडक, हिमपात र ढुवानीको समस्याले सानो लगानीका व्यवसायीले जोखिम लिएर सामान ल्याउन सक्ने अवस्था छैन ।’उहाँका अनुसार गत वर्षको चाडपर्वको तुलनामा यस वर्ष फलफूलको कारोबार करिब ४० प्रतिशतले घटेको छ । गत वर्ष दशैंमा उत्साहजनक व्यापार भएको भए पनि यस वर्ष स्याउ, सुन्तला लगायतका फलफूल घाटा खाएर बिक्री गर्नुपर्ने अवस्था आएको उहाँले बताँउनु भयो ।तिहारमा समेत गत वर्षको तुलनामा करिब ६० प्रतिशत मात्रै कारोबार हुने र ४० प्रतिशतसम्म व्यापार घट्न सक्ने अनुमान गरेको उहाँले बताँउनु भयो । उहाँले बजारमा उपभोक्ताको क्रयशक्ति कमजोर हुनु र समग्र व्यापार–व्यवसायमा आएको गिरावटले फलफूलको कारोबारमा समेत असर परेको बताँउनु भयो।

 

उहाँले फलफूल व्यवसायीलाई अहिले नाफा कमाउनेभन्दा पनि व्यवसाय जोगाउने चुनौती रहेको बताँउनु भयो । करोडौँ रुपैयाँ लगानी गरेर फलफूल आयात गर्दा बिक्री नभएमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने जोखिम रहेकाले व्यवसायीले सोचविचार गरेर मात्रै सामान भित्र्याउनुपर्ने अवस्था आएको उहाँले बताँउनु भयो।‘यतिबेला नाफा कमाउनेभन्दा पनि कसरी टिक्ने भन्ने सोच्नुपर्ने अवस्था आएको छ,’ बानियाँले भन्नु भयो, ‘सामानमा सोचेर मात्रै लगानी गर्नुपर्ने अवस्था छ । सडकको अवस्था यस्तै रह्यो भने करोडौँ रुपैयाँ नोक्सान हुनसक्छ ।’

नेपाली उत्पादन महँगो हुँदा आयातित फलफूलसँग प्रतिस्पर्धा कठिन

 

बानियाँले नेपालमा उत्पादन हुने फलफूलले विदेशी उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको बताँउनु भयो । उहाँका अनुसार चीनबाट आयात हुने स्याउ प्रतिकिलो करिब २५० रुपैयाँमा थोकमा पाइने भए पनि मुस्ताङको राम्रो गुणस्तरको फुजी स्याउ ३५० रुपैयाँदेखि ४०० रुपैयाँसम्म थोक मूल्य पर्ने गरेको छ ।यसले गर्दा नेपाली स्याउ उपभोक्तासम्म पुग्दा अझ महँगो हुने र आम उपभोक्ताले सहज रूपमा खरिद गर्न नसक्ने अवस्था रहेको उहाँले बताँउनु भयो ।

 

त्यस्तै, चीनबाट आउने ड्रागन फ्रुट करिब ३०० रुपैयाँ थोक मूल्यमा उपलब्ध हुने भए पनि नेपाली ड्रागनफ्रुट ४०० देखि ४५० रुपैयाँसम्ममा बिक्री गर्नुपर्ने अवस्था रहेको उहाँले बताँउनु भयो ।उहाँले भन्नु भयो , ‘हामी कहाँ चुकेका छौँ र राज्य कहाँ चुकेको छ भन्ने विषयमा सोच्नुपर्छ । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सके मात्रै नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छ ।’उहाँले स्याउ, एभोकाडो, ड्रागन लगायत फलफूलको व्यावसायिक उत्पादन बढाउन राज्यले किसानलाई प्रोत्साहन, प्रविधि र बजारको सुनिश्चितता गर्नुपर्ने बताँउनु भयो । एक वर्षको नाफाभन्दा दीर्घकालीन रूपमा फलफूल खेतीलाई व्यवसायका रूपमा विकास गर्नुपर्ने उहाँले बताँउनु भयो ।

भारतबाट आउने फलफूलमा आपूर्ति सहज

उहाँले भारतबाट आउने फलफूलको आपूर्तिमा भने चीनको तुलनामा उतारचढाव कम हुने गरेको बताँउनु भयो । खुला सीमाका कारण भारतमा मूल्य बढे नेपालमा पनि मूल्य बढ्ने र भारतमा घटे नेपालमा पनि घट्ने गरेको उहाँले बताँउनु भयो।भारतमा अहिले अनारको मूल्य बढेकाले नेपालमा राम्रो गुणस्तरको अनारको थोक मूल्य करिब ३७५ रुपैयाँसम्म पुगेको उहाँले जानकारी दिनु भयो ।चीनबाट आउने फलफूलमा भने नाकामा लामो समयसम्म सामान रोकिँदा व्यवसायीले ठूलो जोखिम बेहोर्नुपरेको उहाँले बताँउनु भयो । उहाँका अनुसार सयवटा गाडी लाइनमा हुँदा दुई–तीनवटा मात्रै छुट्ने अवस्था आउँदा सामान समयमा बजारमा पुग्न नसक्ने र फलफूल बिग्रिने समस्या हुने गरेको छ ।समयमै सामान आइपुग्ने व्यवसायीले केही लाभ लिन सक्ने भए पनि ढिलो आइपुग्दा कतिपय फलफूल बाटोमै फाल्नुपर्ने वा घाटा खाएर बिक्री गर्नुपर्ने अवस्था रहेको उहाँले बताँउनु भयो ।

तातोपानी नाका तत्काल सहज बनाउन माग

बानियाँले फलफूल मात्रै नभई लसुन, अदुवा लगायत नेपालमा पर्याप्त उत्पादन नहुने वस्तुको आयातसमेत सहज बनाउन तातोपानी नाका नियमित सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ ।‘तीन दिन नाका खोल्न सकिएको छ । अब नियमित रूपमा सञ्चालन गर्न पनि सकिन्छ,’ उहाँले भन्नु भयो, ‘सरकारले चीनसँग आवश्यक पहल गरेर तातोपानी नाका सहज बनाउनुपर्छ ।’उहाँका अनुसार नाका सहज भए ढुवानी लागत घट्ने, फलफूल तथा तरकारीको मूल्य नियन्त्रणमा सहयोग पुग्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउँनेछन् ।

 

उहाँले तत्काल आयात सहज बनाउनेसँगै दीर्घकालीन रूपमा नेपाललाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको बताँउनु भयो ।‘सधैँ परनिर्भर भएर हुँदैन,’ बानियाँले भन्नु भयो, ‘आफैँले उत्पादन गर्न सक्ने फलफूलको व्यावसायिक खेती बढाउनुपर्छ । किसानलाई प्रोत्साहन र बजारको सुनिश्चितता गर्न सके आपूर्ति अवरुद्ध भएका बेला पनि केही समय स्वदेशी उत्पादनले बजार धान्न सक्छ ।’उहाँले व्यवसायीको हितसँगै आम उपभोक्तालाई सुलभ मूल्यमा फलफूल उपलब्ध गराउने गरी सरकारले सडक, नाका, ढुवानी र कृषि उत्पादनको क्षेत्रमा एकसाथ काम गर्नुपर्ने बताँउनु भयो ।

तीन महिनामा आयातको अवस्था

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३र८४ को असोजसम्म ४ अर्ब ५० करोड रुपैयाँ बराबरकोे ४० हजार मेट्रिक टन केरा, स्याउ लगायतका फलफूलको आयत भएका छन् ।गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ८० करोड रुपैयाँ बराबरको ३८ हजार मेट्रिक टन यस्ता वस्तु आयात भएका थिए । यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यी वस्तुको आयात मूल्य बढेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो

हुम्लामा भूकम्प , जोखिमको दृष्टिले संवेदनशील

हुम्ला कात्तिक २० । हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका

आईजीपी फेर्ने विषयमा रविको प्रश्नपछि प्रधानमन्त्री बालेनको टिप्पणी : देश र पार्टी जोगाउनु फरक कुरा हो ।

काठमाडौं,२० कार्तीक । प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत

आयातमा झन्झट र महँगो ढुवानी : नाफा होइन, व्यवसाय जोगाउनै धौ–धौ

काठमाडौं,२० कार्तीक । चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताँउनु

कोप ३१ मा क्रिएसनद्वारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

काठमाडौं,कात्तिक २० । क्रिएसन नेपालले कोप ३१ को सम्मेलनमा जिरो वेस्ट शिर्षकमा छलफल सत्र सन्चालन गर्ने भएको छ । यही नोभेम्बर ९ देखि २० तारिखसम्म

गौरादहमा चिनियाँ भाषा अध्ययन, यसको उद्देश्य के हो ?

दमक, २० मंसिर । झापाको गौरादह नगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालय बीच गत साउन ३१ गते चिनियाँ भाषा अध्यापन गराउने विषयमा दुईपक्षीय सम्झौता भएको थियो।