दमकमा अपाङ्गता भएकाहरुको सामाग्रीको नापजाँच सम्पन्न

दमक, २१ पुस । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरू र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका बालबालिकालाई लक्षित हुइलचेयर नाप जाँच तथा वितरण कार्यक्रम दमकमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रम २०८२ साल पुस २१ गते झापाको दमकमा आयोजना गरिएको हो।

 

कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको आवश्यकता अनुसार हुइलचेयरको नाप लिइएको तथा वितरण प्रक्रिया अगाडि बढाइएको आयोजकले जनाएको छ। बालबालिकाको सहज आवागमन र दैनिक जीवनलाई सरल बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले अपाङ्गता भएका नागरिकको जीवनस्तर सुधार प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभयो।

उहाँले सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय सहयोगको समन्वयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा हुइलचेयर फर किडस ले सहयोग गरेको थियो भने कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय विराटनगर तथा प्रदेशका विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको थियो। कार्यक्रमको आयोजन करुणा फाउण्डेसन नेपालले गरेको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालमा थुप्रिएको फोहोर र शवप्रति सांसदहरूको चिन्ता

काठमाडौं,१२ जेठ । प्रतिनिधि सभाको आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ । मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा

दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा

रौतहट,१२ जेठ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ मंगलबार पर्सा जिल्ला अदालतको आदेशपछि हिरासतमुक्त हुनु भएको

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा