शब्द थिएटर : एउटा शुभ कर्म आरम्भ

ग्रेल्ती स्रष्टाहरू सक्रिय रहेको मोरङको पथरी शनिश्चरे नगरपालिकामा पुस २१ मा ‘शब्द थिएटर’ कार्यालय भवनको पूर्वाधार विकासका निमित्त स्थलगत अध्ययन अवलोकन भएसँगै एउटा टुंगोमा पुग्ने काम भएको छ । लयात्मक सुस्केरा हाल्ने शब्द–शब्दको समिश्रण र शब्दमार्फत सिर्जनशील संवादमा रहेका स्थानीय स्रष्टालाई परस्पर जोड्न यसपूर्व एउटा निर्दिष्ट गन्तव्य थिएन, कार्यालयीय कामको सहज संयोजन गर्ने निश्चित बिन्दु थिएन । स्रष्टाहरू कहाँ ठोक्किने ? कहाँ जोडिने ? कार्यालय निर्धारण र यसको व्यवस्थापन थिएन । वडा नं. २ का वडाध्यक्ष नैना राईको संयोजनमा यो उपयुक्त स्थलको टुंगो लागेपछि असाधारण उभारसहित उपस्थित स्थानीय स्रष्टामाझ कार्यालय क्षेत्रको पहिचानस्वरुप स्थल निर्धारण भएको छ ।

 

वडाको साधुटोलनजिकै मदनचौकपश्चिम अवस्थित यो झण्डै ४ कठ्ठा फैलावटमा रहेको जमिन समाजसेवी हिरा तिम्सिनाले स्थानीय सिर्जनशील स्रष्टाहरूको सम्मानमा कार्यालय निर्माण तथा सञ्चालनका लागि सहयोगस्वरुप उपलब्ध गराउनुभएको हो । वडा नं. २ अवस्थित साविक मधुमल्ला नं. ६ ध, कित्ता नं. ६४७ अवस्थित यो ‘शब्द थिएटर’ को कार्यालय वडा नं. ७, ९, १० र १ का कैयौँ साधकलाई समेत अनुकूल छ । सबैको पायकमा प्रकृतिको सुन्दर दृश्यचित्रले कुँदिएको यो जमिन आफैंमा निकै मनोरम छ । कैयौँ काव्य र काव्यात्मक सिर्जना फुर्नलायक छ, साँच्चिकै योग्य छ ।
मूलतः पूर्वाधार निर्माण र भौतिक संरचना विकासमा मुखर रहने रैथाने संस्कार र संस्कृतिसम्पन्न स्थानीय सम्पदा, भाषा, साहित्यअनुरागी जनमनका लागि मानव संसाधनको विकासको मापन गर्ने ‘शब्द थिएटर’ आफैंमा एउटा सुखद् आरम्भ हो । स्थानीय हुनुको नाताले यहाँको थप एउटा विशेषता अभिवृद्धि हुने विषयको अनुभूति हो ।

नागरिकको अविराम लगन, साधना र सिर्जनाबाट प्राप्त हुने सिर्जनशील साहित्य समाजको बिम्ब हो, समृद्ध समाजको मानक तुलो हो र सामाजिक चरित्र बोक्ने ऐना हो । साहित्यका कैयौँ विधाअन्तर्गत मानवीय मनहरू बाँचिरहेका हुन्छन्, साटिइरहेका हुन्छन् र परस्पर सल्बलाउन खोज्छन्, खोजिरहेका हुन्छन् । हामी आमनागरिकको अभिभावक राज्य हो । राज्यले यसको कुशलतापूर्वक संयोजन, योग्यतापूर्वक सहजीकरण र कुशलतापूर्वक व्यवस्थापन गर्न नसक्दा नागरिक राज्यबाट टाढिएको आभास हुनु स्वभाविक हो । ‘शब्द थिएटर’ एउटा भरपर्दो विकल्प र साहित्यअनुरागीका लागि निर्विकल्प सामाजिक–सांस्कृतिक मियो बनेर उभिएको छ ।

 

साहित्य र संस्कार संस्कृतिको पनि उत्तिकै गाढा सम्बन्ध र अन्तरसम्बन्ध हुन्छ । अचेल संस्कारजन्य पक्षहरू गौण र मौन हुँदै गएका छन् । छोराछोरीले बाबु–आमासँग गर्ने व्यवहार, हामीले आफूभन्दा ठूलाबडा र आफ्‌नाआफन्तसँग गर्ने व्यवहार, एउटा छिमेकले अर्को छिमेक वा छिमेकीसँग गर्ने व्यवहार, विद्यालयमा शिक्षक र विद्यार्थीमाझ हुने व्यवहार, नवयुवाले आफूलाई परिपक्व युवा बनाइरहँदा गर्नुपर्ने व्यवहार आदिमा आइरहेको फेरबदल र गिर्दो जीवनशैलीले समाजलाई कुरुप बनाएको छ । भित्रिएका कतिपय आयातित मान्यताले थिच्ने र मिच्नेक्रम बढेको छ । जहाँ आफ्‌नोपन र आफ्‌नो मन छैन, त्यहाँ समाज र मर्मस्पर्शी साहित्य छैन अर्थात् जहाँ आफ्‌नो सामाजिकपन र साहित्य छैन, त्यहाँ आफ्‌नोपन र आफ्‌नो मन छैन भन्ने मानक स्थापित गर्दै भाषा र साहित्यको क्षेत्रमा पूनर्जागरण शीर्षकअन्तर्गत अभियान चलाउनुपर्ने भएको छ । ‘शब्द थिएटर’ सृजनाको क्षितिजमा उघ्रिएको एउटा बहुगुणी पाठशाला बन्ने छ ।

 

पछिल्ला केही दिनयता हाम्रोमा अरु थुप्रै विधा बृद्धि–विकास भएको भए पनि लेखन विधा ह्‌वात्तै बढेको पाइन्छ । यो आफैंमा राम्रो र अत्यन्तै सुखद् पक्ष हो । तर, लेखनकला र यसले समाजलाई पार्ने असरका दृष्टिकोणले हेर्दा यो निजको रहर वा लहडजस्तो भएको छ । केही हदसम्म औपचारिक अध्ययन, विषयवस्तुको सुक्ष्म ज्ञान, विश्लेषणात्मक ज्ञानार्जन आदि अभावमा यो लेखन क्षमता कसैलाई बोक्न, कसैलाई रोक्न, कसैलाई छेक्न, कसैलाई टोक्न र कसैका वरिपरि छेको हालेर सुमेरु पर्वतको परिक्रम गर्नमात्र लालायित भएको देखिन्छ ।

 

यो घट्दो होइन, बरु बढ्दो क्रममा छ । क्षणिक अर्थ र उद्देश्यमा आधारित होइन, दीर्घकालीन असरका रूपमा प्रतिस्थापित भइरहेको छ । यसले परिस्थितिलाई सहज होइन, झन असहज बनाएको छ । परस्पर निन्दा र नकारात्मक टिप्पणीमा रमाउने बनाएको छ । समग्र वातावरणलाई सौम्य होइन, उन्माद बढाइदिने काम गरेको छ । कुनै पनि समस्याको पहिचान र समाधान होइन, पाठकसमक्ष पुग्दा झन धेरै दिग्भ्रमपूर्ण बनाइदिने गरेको छ । आममानिसमा हाम्रो लेखन र अभिव्यक्ति कलाप्रति विश्वास होइन, बरु उल्टै अविश्वासको खाडल कहिल्यै पुरिन र भरिन नसक्ने ठाउँमा अवतरित गरिदिने खतरा बढेको छ । आजको हाम्रो झ्याउरे टिपनटापन, साहित्य लेखन र समसामयिक विषयवस्तुमाथिको लेखनमा देखिएको एउटा मनोविज्ञान हो । यो मनोविज्ञानले पुल्पुल्याएको रोग्रस्त समस्या पनि हो । यहाँनेर औपचारिक अवस्थितिसहित कार्यारम्भ भएको ‘शब्द थिएटर’ रोगको निदान, पहिचान र व्यवस्थापनमा मानवविज्ञानको सहयोगी र सारथि बन्ने छ ।

 

यसनिमित्त वर्षौंयताको लडाइँ र अथक मेहनतपछि आज अहिले ‘शब्द थिएटर’ सम्म आइपुग्दा अविचलित लाग्नुहुने स्थानीय भू–विशेषतासहितको परिचयका पर्याय उम्दास्रष्टा एवम् मेरा प्रियवर महेश बुढाथोकी, भूपेन्द्रराज तिम्सिना, वीरध्वज सिवा, रोहणीप्रसाद घिमिरे, अशोककुमार राई, अमिर राई, लक्ष्मीप्रसाद फुयाल, राष्ट्रिय कलाकार जीवन बराल, सुमन कुइँकेल, दीपक दियालो, सरोज तिम्सिना, सुमन राई, अर्जुन सेञ्चुरी, पर्शुराम न्यौपाने, निर्मला चाम्लिङ, लोकसागर साम्बा, यशोदा लिम्बूलगायतको थकानरहित लगाव बाह्र वर्षपछि डुबुल्की मार्न पाइने कुम्भ मेलाको संगमस्थल वा अरबियन सागरनजिकै रहेको तीर्थस्थल मक्कामदिना गएभन्दा कम छैन ।

 

अब भने यो ‘शब्द थिएटर’ अर्थात् नाटकघर र रञ्गमञ्चमा थुप्रै नाटक, नृत्य, संगीत, फिल्म आदि प्रदर्शन गरिनेछन् । सिनेमा हलका विकास गर्न सकियो भने चलचित्र देखाइने छ । कोमामा पुगेको हाम्रो साहित्यिक गतिविधिलाई अस्पतालको शैयामा छट्पटाएको बिरामीले पाएको सफल शल्यक्रिया झैँ शल्यक्रिया गरिने छ । शब्दयुद्धको आभास हुने छ । सिर्जनशील शब्द संवादको श्रृङ्खला आरम्भ हुनेछ । स्रोता र दर्शको गज्जब संयोजन, सम्मिलन र अंकमाल हुने छ । यसैबीचमा राजनीतिक योजनाहरू पालसीशैलीमा कोरा र फगत गफ होइन, यही शब्दयुद्ध र शब्दसंवादको नालबाट निकालिने छ । प्रशस्तै धेरै शुभकामना ।

(पथरी शनिश्चरेका बास्कोटा समसामयिक विषयमा लेख्ने लेखक तथा समाजसेवी हुनुहुन्छ । )

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री डा.वाग्लेको दाबी

काठमाडौं,३ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताउनु भएको छ् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा

(रास्वपा)का हरि ढकालद्धारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको

(रास्वपा)ले लगायो संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो

काठमाडौं,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको

५ कक्षामा अध्ययन गर्ने विद्यार्थीलेनै बनाउन सक्छन् रोवर्ट

दमक,३ वैशाख। वेवसाईड डेभ्लोप गर्न, वेव गेम बनाउन, अनी यती मात्रै नभएर रोवर्ट समेत बनाउन अहिलेका विद्यार्थीहरुले विद्यालयबाट सिक्ने गरेका छन् । दमक स्थित ग्लोवल

चन्द्रगढी महिला गोल्डकपको प्रचारका लागि रोड सो

बिर्तामोड, ३ बैशाख । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको