दमक २२ पुष । दमकमा रहेको कि ओच बाल अस्पताल र मोरङमा रहेको पथरी शनिश्चरे नगरपालिका बिच स्वास्थ्य उपचार गर्ने सन्दर्भमा सम्झौता भएको छ । दमक बाल अस्पताल अनुदान शिर्षकमा बिनियोजन गरिएको ५ लाख रुपैँया अस्पताललाई अनुदान रकम उपलब्ध गराउने र अस्तापलले नगर क्षेत्रका बालबालिकाको स्वास्थ्य उपचारको काम गर्नु पर्ने सर्त सहित सम्झौता गरिएको छ ।
अस्पतालको तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. जयमणी श्रेष्ठ र अस्पतालका व्यवस्थापन समिती सदस्य प्रकाश बुढाथोकी, नगरपालिकाका तर्फबाट प्रमुख प्रशाषकीय अधिकृत राधाकृष्ण खतिवडा र स्वास्थ्य शाखाका अधिकृत जगत प्रसाद मगरले हस्ताक्षर गर्नु भएको छ ।
अस्पतालले नगरपालिकाको सिफारीसमा १० वर्ष भन्दा मुनीका बालबालिकाको उपचार निशुल्क उपचार गराउनु पर्ने, गरिव तथा विप्पन्नको हकमा भने वार्ड कार्यालयकै सिफारीसमा समेत उपचार गर्नुपर्ने हुन्छ ।
यसरी उपचारमा जाने हरेक बालबालिकाको उमेर, रोगको अवस्था, प्रकृती, र लागेको खर्च समेत अस्तपतालले नगरपालिकामा बुझाउनु पर्ने सार्त राखीएका छन् ।
यसबाट पथरी शनिश्चरे क्षेत्रका बालबालिकाको सहज र गुणस्तरीय उपचारमा मद्यत पुग्ने बिस्वास गरीएको छ ।









