अमेरिका र भेनेजुएलाबीचको तनावप्रति नेपालको प्रतिक्रिया

काठमाडौं,२४ पुस । नेपाल सरकारले भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमप्रति चासो व्यक्त गरेको छ। सरकारले उक्त अवस्थालाई नजिकबाट अवलोकन गरिरहेको र सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएको हो।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको घटनापछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर चासो व्यक्त गरेको छ। यद्दपि, उक्त विज्ञप्तिमा अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएकोबारे उल्लेख गरेको छैन। विज्ञप्तिमा अमेरिकाको नामसमेत उल्लेख छैन। परराष्ट्र मन्त्रालयले आफू सेफ साइडमा रहेर विज्ञप्ति निकालेको छ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गरेको घटना विश्वले थाहा पाए पनि परराष्ट्रले आफ्नो विज्ञप्तिमा उल्लेख गर्न आनाकानी गरेको हो।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सरोकारवाला सबै पक्षलाई अधिकतम संयम अपनाउन तथा परिस्थितिलाई थप तनावपूर्ण बनाउन सक्ने कुनै पनि कदम चाल्नबाट टाढा रहन आग्रह गरेको हो।

मन्त्रालयले संयुक्त राष्ट्रसंघको विधानमा उल्लेख गरिएका सिद्धान्तहरू, सार्वभौमिकता,भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रता को पूर्ण सम्मान गर्न आवश्यक रहेको नेपालले बताएको छ। नेपालले भेनेजुएलासम्बन्धी विवाद तथा मतभेदलाई संवाद,कूटनीति र पारस्परिक समझदारीमार्फत शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्नेमा पनि जोड दिएको हो। परराष्ट्र मन्त्रालयले क्षेत्रीय शान्ति र स्थिरता सबैको साझा दायित्व रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आह्वान गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको