मन्त्री गुप्तालाई औपचारिक रूपमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को निम्तो

काठमाडौँ,२५ पुस । विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणमा बोलाएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै परिषद्ले भनेको छ– ’युवा तथा खेलकुद मन्त्री केवल नेपाल सरकारका एक सदस्य मात्र नभई, विदेशमा बसोबास गर्ने नेपाली युवासहित सम्पूर्ण नेपाली समुदायका साझा मन्त्री हुनुहुन्छ । गैरआवासीय नेपाली सङ्घ नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने संस्था भएको नाताले नेपालको बदलिँदो राजनीतिक(सामाजिक परिस्थिति तथा पछिल्लो जेनजी आन्दोलन पश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाहरूको सन्दर्भमा, नेपाल सरकारमा जेनजीको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका माननीय बब्लु गुप्ता ज्यूलाई नेपाली समुदायसँग अन्तरक्रिया गर्न औपचारिक रूपमा आमन्त्रण गरिएको हो ।’

 

610541573_4251948331731845_8899082556363370687_n

उक्त कार्यक्रममा सहभागी हुनका लागि लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने निर्णय गरिएको छ, जसबाट नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक व्ययभार नपर्ने पनि विज्ञप्तिमार्फत प्रस्ट पारिएको हो । गुप्ताको अमेरिका भ्रमणलाई लिएर उठेका टीकाटिप्पणीहरूप्रति ध्यानाकर्षण भएको भन्दै परिषद्ले भ्रममा नपर्न सम्पूर्णमा आग्रह गरेको हो ।

यसअघि गैरआवासीय नेपाली सङ्घ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको