काठमाडौँ,२५ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनु भएको छ। शुक्रबार ललितपुरमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनु भयो ।
सरकार निर्वाचनमा होमिइसकेकोले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई गृहमन्त्री अर्यालले आग्रह गर्नु भएको छ । त्यस्तै जेन–जी आन्दोलन सुशासन कायमका लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिबद्ध रहेको पनि उहाँको भनाइ छ ।









