काठमाडौं,२५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टी विभाजनको खतरा बढ्दै गएको भन्दै एकता हुनु अहिलेको मुख्य चुनौती भएको बताउनु भएको छ।
इतिहासकै मोडलमा पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले पार्टी विभाजन र कमजोर पार्न केही शक्तिहरू सक्रिय रहेको बताउनु भयो । यही अवस्थालाई ध्यानमा राखेर पार्टीलाई फुटबाट जोगाउने र एकताबद्ध बनाउने विषयमा छलफल गरिएको उहाँको भनाइ छ ।
‘कांग्रेस कमजोर भयो भने लोकतन्त्र नै कमजोर हुन्छ,’ बरालले भन्नु भयो, ‘भूराजनीति र राष्ट्रिय राजनीतिका कारण पनि कांग्रेस विभाजन हुनु देशका लागि घातक हुन्छ। त्यसैले देशभरका साथीहरूलाई पार्टी एकताका लागि आह्वान गर्ने निर्णय गरेका छौँ ।’
विशेष महाधिवेशनको नाममा पार्टी विभाजनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै उहाँले त्यस्ता गतिविधिमा संलग्न सबैलाई पनि कांग्रेसलाई एकढिक्का बनाउन अपिल गरिएको बताउनु भयो ।









