न्यून बजेट हुँदा भोजपुरको खानेपानी आयोजना निर्माणमा ढिलाइ

भोजपुर,२५ पुस । बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । स्थानीयवासीको दशकौँदेखिको खानेपानी समस्या समाधान गर्ने लक्ष्यसहित सुरु गरिएको यो आयोजना पर्याप्त बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेन।
आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७५–७६ देखि सुरु गरिए पनि अपेक्षाअनुसार बजेट प्राप्त हुन नसक्दा कामले गति लिन नसकेको निर्माण उपभोक्ता समितिका सचिव राजेन्द्र राईले जानकारी दिनु भयो । उहाँका अनुसार आयोजना ठूलो र प्राविधिक रूपमा जटिल भए पनि हरेक वर्ष न्यून बजेट मात्रै विनियोजन हुँदा निर्माण ढिलाइ भएको छ ।

“यो दीर्घकालीन महत्व बोकेको आयोजना हो”, सचिव राईले भन्नु भयो, “कूल लागतको तुलनामा वार्षिक रूपमा आउने बजेट अत्यन्तै कम छ । त्यही कारण निर्माण अवधि लम्बिएको छ । स्थानीयवासीले अझै पनि पानीको समस्या भोग्नुपरेको अवस्था छ ।”

हालसम्म आयोजनाअन्तर्गत विभिन्न संरचना निर्माण भइसकेको छ । तर अझै पनि एउटा मुख्य ट्याङ्की निर्माण र करिब चार किलोमिटर लामो मुख्य पाइपलाइन विस्तार गर्न बाँकी रहेको निर्माण उपभोक्ता समितिले बताएको छ । चालु आर्थिक वर्षमा आयोजनाका लागि ५५ लाख बजेट विनियोजन गरिएको छ । यो रकम बाँकी काम सम्पन्न गर्न पर्याप्त नभएको समितिले बताएको छ ।

स्थानीय बासिन्दाको पिउने पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले पिखुवा खोलाबाट सात तहमा लिफ्टिङ प्रणाली प्रयोग गरी पानी बस्तीमा ल्याउने व्यवस्था गरिएको छ। भौगोलिक रूपमा विकट र उचाइमा रहेका बस्तीहरूमा पानी पुर्याउन लिफ्ट प्रणाली आवश्यक परेकाले आयोजनाको लागत पनि उच्च रहेको हो । यो आयोजना सम्पन्न भएपछि हतुवागढी गाउँपालिकाका वडा नं १, ५ र ६ मा बसोबास गर्ने करिब एक हजार ४६९ घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ । हाल ती वडाका स्थानीयवासी बर्सात र सुक्खा दुवै समयमा खानेपानीको अभाव झेल्न बाध्य भएका छन् । कतिपय बस्तीमा घण्टौँ हिँडेर पानी बोकेर ल्याउनुपर्ने अवस्था अझै कायमै रहेको स्थानीयहरु बताउँछन् ।

आयोजनाको प्रारम्भिक अनुमानअनुसार कूल लागत ३० करोड ९० लाख ८२ हजार रहेको छ । यति ठूलो लागतको आयोजना भए पनि बजेट सन्तुलित रूपमा नआउँदा निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराइ रहेका छन् ।

स्थानीय सरकार र उपभोक्ता समितिले सङ्घीय तथा प्रदेश सरकारसँग आवश्यक बजेट सुनिश्चित गरी आयोजना छिटो सम्पन्न गर्न आग्रह गर्दै आएका छन् । आयोजना समयमै सम्पन्न हुनसके स्थानीयवासीको खानेपानी समस्या समाधान हुनुका साथै स्वास्थ्य, सरसफाइ र जीवनस्तरमासमेत सकारात्मक प्रभाव पार्ने स्थानीयहरु बताँउ छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको