काठमाडौँ,२५ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय भएको बताउनु भएको छ। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा अभिनेता दत्तसँगको भेटघाटसहितको तस्बिर पोष्ट गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
संयोजक दाहालले भन्नु भएको छ : ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो। ’मुन्ना भाई :MBBS मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु ।’
उहाँले दत्तसँगको कुराकानी निकै रमाइलो भएको समेत बताउनु भएको छ । ‘उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ’ दाहालले भन्नु भएको छ। संयोजक दाहाल र अभिनेता दत्तबिच बिहीबार साँझ भेटघाट भएको हो।









