काँग्रेस विशेष महाधिवेशनले कोशी प्रदेशको राजनीतिमा ठूलो हलचल

विराटनगर,२५ पुस । नेपाली कांग्रेसको पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशनले कोशी प्रदेशको राजनीतिमा ठूलो हलचल पैदा गरेको छ। पार्टीको संस्थापन र इतर पक्षबीचको आन्तरिक शक्ति सन्तुलनको रस्साकस्सी उत्कर्षमा पुगिरहेका बेला कोशीका १४ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं केन्द्रित हुन थालि सकेका छन्।

कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोका अनुसार प्रदेशका कूल ७२८ महाधिवेशन प्रतिनिधिमध्ये बिहीबार अबेरसम्म करिब २७० जना काठमाडौं पुगिसकेका छन् भने ५९ जना बाटोमा रहेका छन्। मोरङ, झापा, सुनसरी र पहाडी जिल्लाहरूमा गगन थापा र विश्वप्रकाश शर्मा पक्षको पकड बलियो देखिएको छ, जसले संस्थापन पक्षलाई निकै दबाबमा पारि रहेको छ।

मोरङ जिल्ला नेता डा. शेखर कोइरालाको गृह जिल्ला भए पनि यहाँका १५९ महाधिवेशन प्रतिनिधिमध्ये १०४ जनाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिसकेका छन्। यसअघि कृष्णप्रसाद सिटौला पक्षमा दृढताका साथ उभिने खड्ग फागो अहिले विशेष महाधिवेशनको अभियानमा प्रदेशस्तरमै नेतृत्वदायी भूमिकामा देखिनु भएको छ। झापामा पनि झण्डै ५१ प्रतिशत प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं जाने तयारीमा छन्। झापामा प्रतिनिधिहरूलाई रोक्न विभिन्न प्रयासहरू भइरहेको चर्चा चले पनि महाधिवेशन पक्षधर नेता इन्द्र बुढाथोकीले हस्ताक्षर गर्नेहरू काठमाडौं पुगेरै छाड्ने बताउनु भयो ।

यद्यपि, सिटौला निकट नेता गोपाल तामाङले पार्टी फुट्ने हल्लाले कतिपयमा अन्योल सिर्जना गरेको बताए पनि ५० प्रतिशतभन्दा बढी प्रतिनिधि विशेष महाधिवेशनकै पक्षमा रहेको स्वीकार गरेका छन्।

सुनसरीमा पनि विशेष महाधिवेशनको उत्साह कम छैन, जहाँ क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले नै विशेष महाधिवेशनमा जाने आधिकारिक निर्णय गरिसकेको छ। सुनसरीमा १२५ महाधिवेशन प्रतिनिधिमध्ये कम्तीमा ४५ जना जाने पक्का भइसकेको हो। पहाडी जिल्ला तेह्रथुममा त गगन थापा पक्षको स्पष्ट बहुमत देखिएको छ । जहाँ २६ मध्ये २१ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। धनकुटामा पनि २६ मध्ये १७ जनाले हस्ताक्षर गरिसकेका छन् र उनीहरू आफ्नो अडानमा यथावत छन्। यी जिल्लाहरूले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि महामन्त्री थापाको एकल नाम सिफारिस गरेर आफ्नो राजनीतिक कित्ता प्रष्ट पारिसकेका छन्।

उदयपुरको राजनीतिमा झन् रोचक दृश्य देखिएको छ, जहाँ संस्थापन पक्ष शून्यप्रायः बनेको छ। सभापति हिमाल कार्कीका अनुसार ४१ जना प्रतिनिधिहरू गगन–विश्वप्रकाश समूहमा खुलनु भएको छ। कार्कीले उदयपुरमा अहिले संस्थापन पक्षका प्रतिनिधि कोही पनि बाँकी नरहेको टिप्पणी गर्नु भएको छ। उदयपुरकै काँग्रेस नेता रामकुमार खत्री भने ५० प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु विशेष महाधिवेशनमा जानसक्ने बताउनु हुन्छ् ।

इलाम, पाँचथर, ताप्लेजुङ र सोलुखुम्बु जस्ता जिल्लाहरूमा पनि ठूलो संख्यामा प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। पाँचथरका प्रतिनिधि पूर्ण तुम्बाफोले त अमेरिकाबाटै इमेलमार्फत् आफ्नो ऐक्यबद्धता जनाउनु भएको छ। भोजपुरमा पनि १७ जना प्रतिनिधि खुल्ला रूपमा गगन थापाको पक्षमा देखिएका छन्, जसमा जिल्ला सभापति विनोद राई स्वयं अग्रपंक्तिमा हुनुन्छ।

तर, यो लहरका बीच संस्थापन र शेखर पक्षका नेताहरूले भने संशय र प्रश्नहरू उठाएका छन्। शेखर समूहका नेता शमशेर राईले भन्नु भएको छ, ‘हामीले पार्टीभित्र सुधार र छिटो महाधिवेशनका लागि हस्ताक्षर गरेका हौँ, तर पार्टी नै संकटमा पर्ने वा फुट्ने अवस्था आउँछ भने हामी सहभागी हुँदैनौँ ।’ त्यस्तै, संस्थापन पक्षका नेता तथा कोशीका उपसभापति रमेशजंग रायमाझीले मरेका र पार्टी छाडेकाहरूको नाम पठाएर संख्या बढाइएको दाबी गर्दै भन्नु भयो, ‘स्वयम् प्रतिनिधि उपस्थित नभएसम्म यति जान्छन् भन्न सकिने अवस्था छैन ।’ अर्का नेता बसन्त बस्नेतले त यसलाई विशेष महाधिवेशन नभएर ‘महामन्त्रीहरूको भेला’ मात्र भएको टिप्पणी गर्नु भएको छ्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको