सडक मानव व्यवस्थापन गर्न नागरिकसँग सहयोग खोज्दै दमकका मेयर

दमक, २५ पुष । सडक मानवहरुलाई व्यवस्थापन गर्न दमक नगरपालिकाले मानव उद्धार सेवा भन्ने सस्थासग सम्झौता गरेको छ । यो सस्थाको भक्तपुरमा मुख्य कार्यालय रहेको छ । नगरपालिकासग समनवय गरेर यसले दमक र आसपासका क्षेत्रमा रहेका अलपत्र र घारबार बिहिन भएकाहरुलाई उद्धार गरी व्यवस्थापन गर्र्दै आएको छ । नगरपालिकाको सम्झौतामा यो सस्था बस्ने व्यवस्था नगरपालिकाले गरिदिनुपर्ने छ र यसको सञ्चालनकाआगी आवश्यक श्रोत साधन सस्था आफैले दातृ सस्था, निकाय वा व्यक्ति खोजेर संकलन गरि सञ्चालन गर्ने भन्ने उल्लेख छ ।

 

अहिले यो सस्था दमक नगरपालिका वार्ड नं २ भएको पुरानो भवनमा छ । तर यो अस्थाई हो । यसलाई स्थाई रुपमा दमक २ स्थित हंसे दुम्से सामुदायीक भवनमा बनेको अस्थाई कोभीड अस्पतालमा राख्ने नगर प्रमुख राम कुमार थापाको चाहना छ । जसअनुसार नगरको कार्यपालिका हुदै नगरसभाले समेत यसबारेमा निर्णय गरीसकेको छ । तर त्यो भवन सामुदायीक वन भित्र रहेको र मन्त्री परिषदको निर्णय मार्फत सस्थाले भोगाधिकार लिएर आएपछि मात्रै सञ्चालन गर्न दिने भन्ने नियम छ । तर नगरपालिका मेयर राम कुमार थापा त्यो ठाउँ राजनैतिक प्रतिसोध भएका कारणले गर्दा नगरपालिकालाई चलाउन नदिएको भन्नु हुन्छ । शुक्रबार यही सस्थाको स्थानीय समितीको पदभार तथा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो पहिला अन्य नगर प्रमुख हुदा चाहि त्यहा संरचना नै बनाएर प्रयोग गर्न दिने अहिले राम थापा आउँदा चाहि दिन नमिल्ने यस्तो पनि हुन्छ ? उहाँले प्रश्न गर्दै मानव उद्धार सेवालाई सोहि ठाउँमा लैजान दलबल सहित जाने संकेत गर्दै त्यसबेला दमकबासीले साथ दिनुपर्ने माग राख्नु भएको छ ।

शुक्रबार आयोजीत कार्यक्रममा झापाली समाज इजरायल र सृजनशिल नारी एकता समाज दमकले सस्थालाई एक थान एसि र एक थान लुगा धुने वासीङ मेसीन समेत प्रदान गरेको थियो । शनीबारनै यो सस्थाको स्थानीय समितीमा फेरीपनि अध्यक्षमा रेवतचन्द्र भण्डारी अध्यक्षमा चयन हुनु भएको छ भने उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिवद्धोयमा मालती गोले र भुपेन्द्र प्रसाद न्यौपाने रहनु भएको छ । यस्तै सह–सचिवमा गणेश प्रधान रहदा कोषाध्यक्षमा खड्ग भण्डारी रहनु भएको छ । यसै्र गरी सह कोषाध्यक्षमा रेविका कार्की सहित अन्य १३ जना सदस्यको नयाँ समितीको पदभार समेत सम्पन्न गरीएको छ । तर यो सस्थाका केन्द्रिय अध्यक्ष तथा सस्थाका सञ्चालक सुमन श्रेष्ठ भने यो कार्यक्रममा उपस्थिती रहनु भएको थिएन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको