दमक,२५ पुस । झापाको दमक नगरपालिका–९ मा आज बिहान आगलागी हुँदा एक उद्योग र आवासीय घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।आज बिहान दमक–९ निवासी पदम भण्डारीले सञ्चालन गर्दै आएको टिनको छानो र पक्की वाल भएको स्वस्तिक थुप्पा फ्याक्ट्री मा करेन्ट सर्ट भई आगलागी भएको हो।आगलागीका कारण उक्त फ्याक्ट्री पूर्ण रूपमा जलेको छ भने फ्याक्ट्रीसँगै रहेको भण्डारीकै तीनतले पक्की घर समेत जलेर घरभित्र रहेका सम्पूर्ण सरसामान नष्ट भएको प्रहरीले जनाएको छ।दमक नगरपालिका, उर्लाबारी, गौरादह, पथरी शनिश्चरे, शिवसताक्षी नगरपालिका तथा कमल गाउँपालिकाका दमकल, स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगो निभाउने कार्य गरिएको थियो। बिहान ११ बजेर २५ मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभएको जनाइएको छ। तर फ्याक्ट्री र घरमा रहेको सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा अन्दाजी एक करोड तीस लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने
काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४








