दमक,१ माघ। भूकम्पले आफै ज्यान लिदैन बरु आफैले बनाएका संरचनाले किचेर या लागेर मानिस या पशुप्राणीको मृत्यु हुन्छ । यो कटु सत्यलाई बुझन हामीले २०७२ साल बैशाख १२ गते आएको महाविनासकारी भूकम्पलाई सम्झे पुग्छ । लगभग दशहजार जनाले मृत्युवरण गरेको यो त्रासदीपूर्ण प्राकृतीक घटनामा हजारौ घाइते भए भने लाखौ घर ध्वस्त भए । खर्बौको सम्पती नस्ट भयो । यती ठूलो धनजनको क्षती हुनुमा हामी मानिस नै कारक भएका छौ । हाम्रो कारण यस्तो अकल्पनीय क्षति भएको हो । घर, भवन या कुनै पनि प्रकारका संरचाना निमार्ण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड बारे जानकार नहुनु र जानेर पनि मपदण्ड नअपनाउनु अनि सरकारी स्तरबाट प्रभावकारी अनुगमन नहुनु दुःखद हो ।
नेपाल विश्वमै भूकम्पको धेरै जोखिम भएको देश हो । त्यसमा पनि काठमाण्डौं उपत्याका झनै जोखिम स्थान हो । यसको प्रमाण १९९० सालको भूकम्प र त्यस पछि आएका पटक पटकका केहि साना भूकम्प अनि २०७२ सालमा आएको विनाशकारी भूकम्पलाई लिन सकिन्छ । नेपालमा राजनीतिक अस्थिरता र सरकारी अदुरदर्शीका कारण धेरै पछिमात्र नेपाल सरकारले भवन निमार्ण सहिता जारी गरेको हो । २०६० सालमा मात्र एैनको रुपमा जारी भएको भवन निमार्ण सहिता २०६४ सालमा मात्र सबै स्थानीय निकायमा कार्यन्वयन गर्न परिपत्र गरिएको हो । ढिलो गरी लागु गरिएको भवन निमार्ण सहिता २०७२ सालको महाविनासकारी भूकमप पस्चात भने नेपाल सरकारले निर्देशन, मार्गदर्शन दिदै २०७२ साल असौज १३ गतेको सरकारी निर्णय अनुसार वस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत मापदण्ड २०७२ अनिवार्य पालना गर्ने गरी सबै गाविस, नगरपालीका, उपमहानगरपालीका र महानगरपालीकालाई र सम्बन्धीत निकायलाई निर्देशन भएको छ ।
भवन सहित तथा मपदण्ड अुनरुप भूकम्प प्रतिरोधी घर संरचना निमार्ण गर्न ४ पक्ष जिम्मेवार हुने गर्छन । पहिलो नम्बरमा गाविस, नपा, उनपा र मनपा । दास्रो घर निमार्ण कर्ता या लगानी कर्ता । तेस्रोमा डिजाइनर, सुपरिवेक्षक अथवा कन्सल्टेन्सी जहाबाट संरचनाको नक्सा बनाइन्छ । र, चौथो पक्षमा निर्माण कर्मी । माथी उल्लेख गरिएका चारै पक्षको सक्रिय सहभागितामा मात्र घर वा संरचना भूकम्प प्रतिरोधी बन्न सक्छ । यसमा पनि सरकारी निकायको अथवा एक नम्बरमा भनिएको सम्बन्धीत गाविस, नपा, उनपा या मानपाको मुख्य भुमिका हुन्छ भूकम्प प्रतिरोधी घर या संरचना निर्माणमा । हरेक सरकारी निकाय अर्थात नक्सा पास गरी दिने र घर या संरचना बनाउन अनुमती दिने सस्थाले उसले तयार गरेको अनुगमन समितिले कम्तीमा पनि महिनामा ४ पटक निर्माण स्थलको अनुगमन अनिवार्य रुपमा गनुपर्ने रह्ेको छ । यसको आकडा घर धनी र निमार्ण कर्मीले राख्नु पर्ने हुन्छ । यदि समयमा सो टोली नआएमा तुरुन्त सम्बन्धीत ठाउँमा जानकारी गाराउनु पर्ने हुन्छ । नियममा र कानुनमा यो रहे पनि पत्तिकारको जानकारमिा अनुगमन भएको भने विरलै पाइएको छ । नियम लागु भएको केहि दिन अनुगमन हुन थालेको भए पनि अझ भुकम्प पस्चात त त्यो पनि नभएको गुनासो लगानीकर्ताबाट पाइएको छ । जब नियमनकारी नै मौन बसेपछि मापदण्ड परा हुने कुरै भएन । सम्बन्धीत ठाउँमा बुझदा कर्मचारीको कमी भएका कारण अनुगमन हुन नसकेको भन्ने रहेको भए पनि यो भने टार्ने मेलो मात्र हो । तर हरेक सरकारी सस्थाले अनुगमन टोली भने गठन गरेको छ ।
यसरी नै घर धनी या लगानीकर्तामा सचेतनाको कमी र छिमेकीको प्रभावले स्यम जानकार हुँदाहुदै पनि अर्काको हेरेर उसले मापदण्ड पुरा गरेको छैन, मेले किन गर्नु पर्यो ? भन्ने र पालना गर्दा लाग्ने वढी खर्च किन गर्ने भन्ने हठका कारण र छोटो सोचका कारण अधिकाश घर या संरचना मापदण्ड विपरीत बनिन्छन् । किनभने लगानीकर्तालाई सचेत पार्ने र जरिमाना गर्ने सस्था नै अनुगमन गर्न पुग्दैन । अर्को महत्वको कुरा लगानी कर्ता मापदण्ड पुरा गर्न नलाग्नुमा दुबै घर मापदण्ड पुरा गरेको होस या नगरेको होस सजिलै पास हुन्छन । पास हुँदा दुबैले मापदण्ड पुरा गरेको टाचा पाउने अनि मापदण्ड पुरा गरेर बनाउनेहरु निरुत्साहित भएका छन् । अर्को कुरा, नेपाली समाजको एउटा नराम्रो पक्ष के छ भने उ चाडै आवेगमा आउने, प्रतिवद्धता जाहेर गर्ने राम्रो गर्छु भनेर भन्ने तर समय वित्तै जाँदा सबै विर्सने र पुरानै अवस्थमा फर्कने कारण झकझक्याउने सस्थाको अत्यन्तै जरुरी रहेको छ हरेक कार्यमा । त्यसमा पनि घर या संरचनाको निर्माणमा त झनै आवश्यकता रहेको छ ।
तेस्रो पक्ष हो कन्सल्टेन्सी जहाँबाट घर या संरचनाकोको नक्सा बनाइन्छ । घर ,भवन या संरचनाको नक्सा बनाउने र आप्mनो कर्तव्य पुरा भयो भन्ने सोच धेरैमा रहेको छ । तर उनीहरुको काम भनेको नक्सा अनुसारको घरमा सामान र प्रविधीको प्रयोग भएको छ की छैन सो को निरिक्षण गर्ने र प्रयोग गर्न दबाव दिने काम पनि उनीहरुकै हो । कन्सल्टेन्सीले पनि कम्तीमा महिनामा ४ पटक निरिक्षण गर्नै पर्छ र मात्र नक्सा अनुसारको संरचना बनिन्छ । नत्र कागजमा मात्र राम्रो र बलियोे देखिन्छ तर संरचना भने कमजोर बन्छ । यसरी नै चौथो पक्ष भनेको निमार्ण कर्मी । निमार्ण कर्मी आफु लाइसेन्स प्राप्त हो या होइन , भूकम्प प्रतिरोधी संरचना बनाउने तालिम लिएको छ कि छैन्, उसले काममा लगाउने मिस्त्री तालिम प्राप्त हुन या होइनन् ? सबै कुराको पहिलानै जानकारी लिएर मात्र काम गर्न अनुमती दिनु लगानी कर्ताको काम हो । माथी भनिएका ४ वटै मापदण्ड पुरा भएमा मात्र घर भने जस्तो भूकम्प प्रतिरोधी बन्न सक्छ ।
सरकार र सरकारी निकाय या नियमनकारीले समाजलाई सम्बन्धीत विषयको सचेतना क्षमता विकास गराउदै राम्रो काम गर्नेलाई कदर र काम बिगार्नेलाई दण्ड जरिवाना गर्ने परम्पराको विकास गर्नु पहिलो कर्तवय हुन आउछ । छिमेकीले मापदण्ड पुरा नगरी घर बनाए पनि सम्बन्धित निकायले अनुगमनै नगरी पास गरी दिने र अर्को छिमेकीले चाही मापदण्ड पुरा गरेर बनाए पनि उहिपास मात्र गरी दिने तर प्रोत्साहन स्वरुप केही पनि नगर्ने कार्यले अन्य लगानी कर्ताको मनोबल गिराएको छ । पुरस्कार र दण्डको नियम लागु भए घर या संरचना बनाउदा लगानीकर्ता प्रोत्साहित हुने छन् ।
घरधनी या लगानीकर्ताले मात्र संरचना या घर बनाउन नसक्ने हुदा भुकम्प प्रतिरोधी घर नक्सामामात्र बन्ने गरेको र घर संरचना भने पुरानै प्रकृयामा बनेका छन् । त्यसैले राम्रो काम गर्ने इन्जिनियर या प्राविधिक अथवा कन्सल्टेन्सी र अनुगमन गर्ने निकायलाई प्रोत्साहन र नगर्नेलाई दण्ड जरिवानाको व्यवस्था गरी मनोबल उच्च राख्नु जरुरी देखिन्छ । त्यसैले हरेक गाविस, नपा, उनपा र मानपाले प्रत्येक आयब्ययको अन्त्यमा उत्कृष्ट घर धनी उत्कृष्ट निर्माण कर्मी र उत्कृष्ट डिजाइनर अदिलाई सम्मान गर्ने परिपाटी बसाउनु पर्छ ।
अब भने लागौ भूकम्प सम्बनधी केहि जान्नै पर्ने कुरा तर्फ । भूकम्प सबै भन्दा छोटो समयमा धनजनको क्षती पुरयाउने प्राकृतिक प्रकोप हो । यसले कसैलाई पनि दयामाया नगर्ने हुँदा यस सम्बन्धी जान्ने पर्ने कुरा तल लेखिएको छ । पहिलो कुरा त नेपालमा हालसम्म बनिएका भवन या घर माथी वर्णन गरिएका चारैवटा मापदण्ड पुरा गरेर बनाइएका छैनन् । कुनै न कुनै कुराको कमजारी अवश्य भएको छ । केही नभए पानी प्रयाप्त मात्रमा नलगाइएको हुन्छ । त्यसैले धेरेजसो भूकम्प प्रतिरोधी भनेर वनाइएका घरहरुमा पनि सर्तकता अपनाउनु पर्छ । घरमा बसेका बेलामा पनि कोठाको भित्तामा राखिएका सामान कसरी राखिएको छ हेर्ने । हिँडने सिडी सहज छ छैन् । भmयाल ढोका कस्ता छन् । धेरैे वजन भएका सामान कसरी राखिएका छन् । घरका वरण्डामा गमला कसरी राखिएका छन् । घरको छेउछाउमा खुल्ला जमिन छ या छैन् ।
यसरी नै भूकम्प आइहालेमा के गर्ने के नगर्ने भन्ने बारे पनि जान्नु जरुरी छ । जस्तै भूकम्प आएको बेलामा घरमा भएमा भmयाल तर्फ नबस्ने या नजाने किनकी यो भाग कमजोर हुन्छ । त्यस्तै सिडी पनि जोखिम स्थान हो । माथीबाट सामान झरेर या भित्तो ढलेर किच्न सक्छ । कोठाको बिच या ढोकाको भागमा बस्ने । आत्तिएर नभाग्ने । नचिच्याउने । विजुली र ग्यास अफ गर्ने । आगो बालेको भए निभाउने । घर या संरचनाबाट हामनफाल्ने । नहडबडाउने । धेरैजसो घटना अनावश्यक डर र भाग्दा हुने हुँदा सचेत रहने । कोठामा बसेका बेलामा भूकम्प आएमा सामान झरेर किच्न सक्छ । त्यसैले सचेत रहने । उभिदा या वस्दा बिमको मुनी या ढोकाको मुनी या बलियो टेबल मुनी बस्ने । केही नभए र धेरै ठुलो कमपन भए घेप्टो परेर टाउकाले र घुडाले टेकेर ढाड बलियो पारेर बस्ने । भूकम्प रोकिए पछि पुनः आउने र संरचना भत्किने हुँदा होसीयार भएर सुरक्षित ठाउँमा जाने अनि नजिकका आफन्तलाई सबै भन्दा पहिला सम्पर्क गर्ने र आफनो अवस्था बताउने अनि क्रमश टाढाकालाई सम्पर्क गर्ने ।
अर्को कुरा, पुराना घर जो भूकम्पको मापदण्ड पुरा नगरी बनाइएका छन या चर्किएका छन् भने सम्बन्धीत इन्जिनियर वा सरकारी निकायसँग समन्वय गरेर रेट्रफिटिग गराउने या भत्काएर पुनः निमार्ण गराउने । यसो गर्दा भविश्यमा हुनसक्ने धन जनको क्षतिबाट वच्न र बचाउन सकिन्छ । अर्को महत्वपूर्ण कुरा उल्लेख गर्नै पर्छ त्यो हो घर या संरचना बनाउदा डण्डीको छनोट, बालुवा, गिट्टी र इट्टाको छनोट । माटो रहित बालुवा र एक नम्बरको अथवा राम्रोसँग पोलिएको इट्टा चाहिन्छ । घर बनाउदा घर मालिकले वा लगानी कर्ताले पानी लगाउन कन्जुस्याई गर्नु हुदैन । भित्तामा दिनमा कम्तीमा तीन पटक पानी लगाउने र छतलाई पानीमा डुबाउने गर्दामात्र सिमेन्टले राम्रोसँग समात्छ । अर्को जान्नै पर्ने कुरा के छ भने हामीले जहाबाट नक्सा बनाउछौ र जहा पैसा तिरेर अनुमती लिन्छौ त्यहा गएर अनुगमन गर्न आउनु पर्यो भन्ने कुरामा पछी पर्नु हुदैन । घर या संरचना हाम्रो बनिने हुँदा हामीले पनि आफनो अधिकारको प्रयोग गर्न सक्नुपर्छ । जब हामी आफै सचेत हन्छौ फाइदा हामीलाई नै हुने हँुदा आजैबाट सचेत हुन सिकौ र आफनो काम आफै फत्ते गरौ । यदि तपाइले एउटा बलियो घर बनाउनु भयो भने तपाई लगायत तपाइका परिवार पनि सुरक्षित हुन सक्छन । यो पनि तपाइको लगानीको राम्रो प्रतिफल हो ।
हरेक वर्ष नेपाल सरकारले माघ २ गते भुकम्प दिवस मनाउने गरेको छ । भूकम्प दिवस मनाएर मात्र घर भूकम्प थेग्ने बन्दैनन् । यसका लागि सम्बन्धित निकायले अनुगमन र सचेतना सम्बन्धि कार्यक्रकमहरु गर्नुका साँथै राम्रो काम गर्नेलाई प्रोत्साहन र काम नगर्ने र बलमिचाई गर्ने या अनुगमन नगर्ने जो कोहीलाई पनि दण्ड जरिवाना गर्नू अनिवार्य हुन्छ । एकले अर्कालाई दोषारोपण गर्ने कार्यले आजका दिनसम्म आइपुग्दा पनि भूकम्प थेग्ने घर बनाउन कडाइका साथ लाग्न नसक्नुलाई के भन्ने ? भूकम्पलाई मध्यनजर गरेर भए पनि हरेक शहरमा खुल्ला चोक र खुल्ला स्थान राख्नु अत्यन्तै आवश्यक छ । यो काम उदाउँदै गरेका शहरले बेलेमा सोच्नु अनिवार्य छ ताकी भूकम्पजस्ता विवदमा मानिसलाई सुरक्षित राख्न सकियोस र सहरको सुन्दरता पनि बनोस ।
लेखक डा. लेखनाथ न्यौपाने रीता होमियो क्लिनिक सेन्टरका संचालक हुन् ।









