झापाका सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

दमक,३ माघ । विदेशमा रहेका झापालीहरूको सक्रिय सामाजिक संस्थाका रूपमा परिचित झापाली समाज युएसए अमेरिका र शिक्षा तथा विकासका क्षेत्रमा काम गर्दै आएको झापाली विकास मञ्च काठमाडौँको संयुक्त आयोजनामा झापाका सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।

शनिबार दमकदेखि कन्काई–माई नदी क्षेत्रसम्मका सामुदायिक विद्यालयबाट छनोट गरिएका २६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। दमकस्थित सनराइज मोडल स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि झापाली समाज युएसए अमेरिकाका पूर्व अध्यक्ष मुकुन्द ढुङ्गाना रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा संस्थाकी महासचिव सिता पाण्डे उपस्थित रहनु भएको थियो। विदेशमा श्रम गरेर आर्जन गरिएको आम्दानीको केही अंश आफ्नै जन्मथलोका विद्यार्थीहरूको शिक्षामा लगानी गर्ने उद्देश्यले यी संस्थाहरूले विगत लामो समयदेखि झापामा नियमित रूपमा आर्थिक सहयोग संकलन गर्दै छात्रवृत्ति वितरण गर्दै आएका छन्।
नरेन्द्र जनता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी रितिक कार्की विगत तीन वर्षदेखि निरन्तर छात्रवृत्ति प्राप्त गर्दै आएका छन्। झापाली समाज युएसए अमेरिकाको यो पहलले आफ्नो शिक्षामा सकारात्मक प्रभाव पारेको र अध्ययनमा पहुँच बढाउँदै जीवनस्तर उकास्न सहयोग पुगेको रितिक बताउनुहुन्छ।

यसैगरी, आर्थिक अभावका कारण छोराछोरीलाई राम्रो शिक्षा दिन कठिनाइ भइरहेको अवस्थामा यस्तो सहयोग अभिभावकका लागि ठूलो राहत भएको अभिभावक कमल प्रसाद सापकोटाको भनाइ छ।

झापाली समाज युएसए अमेरिकाले यो पहिलो पटक छात्रवृत्ति वितरण गरेको भने होइन। विगत लामो समयदेखि जेहेन्दार तथा पढाइमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीहरूलाई निरन्तर सहयोग गर्दै आएको र आजको कार्यक्रम पनि त्यसैको निरन्तरता भएको संस्थाकी महासचिव सिता पाण्डेले बताउनुभयो। आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा सहयोग गर्दै जाने प्रतिबद्धता पनि संस्थाले व्यक्त गरेको छ।

कन्काई–माई नदीपारिका अन्य विद्यालयका विद्यार्थीहरूलाई भने भोलि बिर्तामोडमा छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ। झापाली समाज युएसए अमेरिकाले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा