झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा निर्वाचनलाई लिएर राजनीतिक माहोल तातियो

केपी शर्मा ओलीको राजनीतिक पकड र प्रभावको तुलनामा बालेनको लोकप्रियता कमजोर रहेको जनमत

दमक,४ माघ । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा निर्वाचनलाई लिएर राजनीतिक माहोल तातिएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उम्मेदवार बन्ने चर्चा चलेसँगै यो क्षेत्र अहिले चिया पसलदेखि घरघरमा बहसको केन्द्र बनेको छ । झापा ५ बाट कयौँ पटक प्रतिनिधि सभामा निर्वाचित भई चार पटकसम्म प्रधानमन्त्री बन्नुभएको केपी शर्मा ओलीले आफ्नो कार्यकालमा यस क्षेत्रको विकासका लागि उल्लेखनीय योगदान दिएको देखिन्छ । केपी शर्मा ओली र बालेनमध्ये को चाहान्छन् त यहाँका जनता ? झापा क्षेत्र नं ५ को विभिन्न स्थानबाट संकलन गरिएको यो रीर्पोट

 

पूर्वाधार, सडक, खानेपानी, शिक्षा र समग्र विकासका कामलाई मतदाताले प्रमुख उपलब्धिका रूपमा लिएका छन् । गाउँ–गाउँमा पुगेर गरिएको स्थानीयस्तरको बुझाइ अनुसार बालेन साहप्रति आकर्षण र समर्थन देखिए पनि त्यो समर्थन केपी शर्मा ओलीको राजनीतिक पकड र प्रभावको तुलनामा कमजोर रहेको जनमत देखिन्छ । धेरै मतदाताले झापा ५ मा ओलीको विकल्प अहिलेसम्म बलियो नदेखिएको प्रतिक्रिया दिएका छन् ।
केपी शर्मा ओली को तुलनामा कुनै पनि अरु प्रतिनिधीको नाम जोडेर तुलना गर्न नसुहाउने बताउनुहुन्छ गौरादह ९ , बैगुनधुराका चन्द«बहादुर खड्का । यस क्षेत्रको पुर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा विकास गर्नका लागी कुनै योगदान नदिएका बालेनलाई यस क्षेत्रबाट चुनावमा उठ्छु भन्न समेत नसुहाउने उहाँको भनाई छ । कुनै योगदान नदिएका उनले यस क्षेत्रबाट चुनाव लड्छु भनी सोच्न पनि कसरी सके भन्ने उहाँको प्रश्न छ ।

 

त्यस्तै, यस क्षेत्रका अधिकांश जेन्जी युवाहरुको भनाई पनि उही छ । जेन्जीहरुको बिचमा बालेन लोकप्रिय भए तापनि , यस क्षेत्र केपी शर्मा ओलीको भएकाले यहाँका आधी भन्दा बढी जनात नेकपा एमालेका समर्थक छन् जसका कारण बालेन शाहका लागी यस क्षेत्रबाट चुनाव जित्न चुनौतीपूर्ण रहेको बताउनुहुन्छ झापा दमकका रोजित बस्नेत ।

 

झापा क्षेत्र नं ५को हरेक क्षेत्रमा विकास भएको देखिन्छ । पहिला कालो पत्रे बाटो खोज्नुपथ्र्यो भने अहिले ग्राबेल बाटो खोज्नुपर्ने सम्मको विकास भईसकेको छ । यसरी निरन्तर विकास भईरहेको थियो भने अबको केही वर्षमा केपी शर्मा ओलीले यस क्षेत्रलाई राजधानी भन्दा पनि विकसित बनाउने कुनै दुईमत नभएको कारण यस क्षेत्रमा बालेनको जित लगभग असम्भब नै रहेको बताउनुहुन्छ चित्रकार विष्णुकुमार थापा ।

 

यसरी, झापा क्षेत्र नम्बर ५ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लिएर बहस चर्किंदै गएको छ। अन्ततः जनमत कसको पक्षमा जान्छ भन्ने कुरा चुनावी परिणामले नै स्पष्ट गर्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,