दमक, ६ माघ | बालेनले झापा ५ लेखेर आफू झापा ५ आईपुगेको संकेत गर्नु भएको छ ।
सामाजिक संजाल फेसबुकमा झापा ५ लेख्दै उहाले झापा ५ को दमक आईपुगेको संकेत गर्नु भएको हो ।
उहाँ आज क्षेत्र नम्बर ५ मा मनोनयन दर्ता गर्न आउनु भएको हो । उहाको स्वागतमा दमक ५ स्थित गोरखा डिपार्टमेन्ट अगाडि कयौ कार्यकर्ता र समर्थक उपस्थित भएका छन ।
त्यहिबाट बालेनको टिम दमक ८ स्थित अर्गानिक बजारमा स्थापित निर्वाचन कार्यालयमा र्याली सहिर मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको दमकका बालेन समर्थक सन्तोष दुलालले जानकारी दिनुभयो ।









