मुल्य बढ्यो

दमकमा खानेतेल २ सय ८० रुपैँया प्रति लिटर पुग्यो, बजार अनुगमन सुन्य

दमक/
स्थानीय बजारमा विशेष गरेर सनफ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास) तेलको मूल्य पछिल्लो एक सातामा एक्कासी बढेको हो । अन्तरर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेकाले तेल उद्योगीले मूल्य बढाएका हुन् ।

झापाको दमक नगरपालिका-६ स्थित नयाँ सब्जी बजार नजिकको सिग्देल किराना पसलका संचालक कृष्ण सिग्देलले खानेतेलको मूल्य बढेको कुरामा सत्यता रहेको प्रष्ट पारे । उनले हाल घैला छाप तोरीको तेलमा प्रति लिटर पहिले २९० रुपैयाँ रहेकोमा हाल बढेर ३२० रुपैयाँ बढेको बताए । सन फ्लवर तेल २ सय ५० बाट बढेर २ सय ८० रुपैँया पुगेको जानकारी दिए ।

उनका अनुसार अहिले सप्लायसर्सले नै मुल्य बृद्धि गराएर सामान पठाउने गरेकोले खुर्दा मुय.ल्यको पनि बृद्धि गर्न परेको हो ।
अहिले रुस र यूक्रेनको युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपूर्तिमा अवरोध हुँदा अभाव भएकाले मूल्य बढेको हो ।

मूल्य बढे पनि सरकारी निकायले मूल्य नियन्त्रण गर्ने कुरामा खासै चासो देखाएको पाइएको छैन । रूसले युक्रेनमाथि आक्रमण गर्नुपूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवृद्धि भइसकेको थियो ।

अहिले तीन दिनअघि देखि गहुँको आँटा र मैदामा प्रति किलो ५ रुपैयाँ मूल्य बढेको जानकारी गराएका छन् । आँटा प्रति किलो ४८ देखि ५० बाट बढेर ५५ र मैदा ५२ देखि ५५ बाट बढेर ५७ देखि ५९ रुपैयाँ सम्म पुगेको छ । तर आँटा र मैदाको भाउ भने गहँु उत्पादनको सिजन आएपछि सामान्य अवस्थामा आउने व्वयसायीको भनाई छ ।

उता मन्सुली, जिरा र मोटा चामलको भाउ नबढेको तर लङ ग्रेडको चामलमा भने किलोमा ५ रुपैयाँ भाउ बढेको उनको भनाई छ । दालको भाउ केही बढेको तर चना र मटरको भाउ भने नबढेको पाइएको छ ।

यतिबेला दमकमा रहेका कतिपय प्याकेजिङ र खाद्य उद्योगहरु बन्द भएको र त्यसपछाडिको कारण भनेको व्यापार नबढेको भएको व्यापारीहरुको भनाई छ । यो मूल्य अझै बढ्दै जाने संभावना रहेको पनि व्यापारीहरुको अनुमान छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको कतिपय उपभोक्ताको आरोप छ ।

रुस र यूक्रेन केन्द्रित नभएका कतिपय सामाग्रीमा पनि ब्यापारीले मुल्य बृद्धि गराएर उपभोक्ताको ढाड सेक्ने काम गरेको उपभोक्ता मञ्च झापाका उपाध्यक्ष डा. नबिन चापागाईले बताउनु भयो । उज्यालोसँग संक्षीप्त कुरा गर्दै डा. चापागाई भन्नु हुन्छ ‘तेलको कच्चा सामाग्री यूक्रने र रुसबाट आउन पाएन र त्यसको मुल्य बढ्यो तर नेपालमै उत्पादन हुने धान र चामलको मुल्य कसरी बढ्यो ? यहि उत्पादन हुने तरकारीको मुल्य कुन आधारमा बढ्यो ? उहाले प्रश्न गर्नु भएको छ ।

यता दमक नगरपालिकाले बनाएको बजार अनुगमन समितीले यस्तो बेलामा ब्यापारीले गर्न सक्ने कलाबजारीको निन्त्रण गर्ने काम प्रभावकारी गर्न नसकेको उहाको भनाई छ छ । वडा नं ७ का वडाध्यक्ष समेत रहनु भएका नगरपालिकाको बजार अनुगमन समिती संयोजक भीम प्रसाद पौडेलले बजरले नगर अधिबेसन सकेपछि मात्रै बजार अनुगमन गर्ने जानकारी दिनुभयो ।

शनीबार दमक नगरपालिकाको दशौ नगरसभाको समापन हुँदै छ । त्यसपछि आईतबार सोमबार छलफल गरेर कहाँ र कसरी अनुगमन गर्ने भन्नेबारेमा छलफल गरि तालिकानै बनाएर बजार अनुगमन गरिने पौडेलले जानकारी दिनुभयो ।

नेपालले युक्रेन, रूस र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ । यस्तै रूसबाट २ अर्ब ५८ करोड ७५ लाख र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ

इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी ,५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार इटहरी–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने

झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

काठमाडौँ ,५ असोज। झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई

सरकराले बेलिब्रिजबारे एआई नक्सा बनाएर हल्ला फैलायो : ओली

काठमाडौं ,५ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गर्नुभयो । सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई