२४ औँ वार्षिक उत्सव मनाएको दमकको सनराईज मोडलले कस्तो प्रगती हासील गर्दै छ ?

दमक,८ फागुन । दमक २ मा रहेको सनराईज मोडल अग्रेजी माद्यमिक विद्यालय दमककोे मध्य भागमा रहेको एक ग्रामीण निजी स्तरको विद्यालय हो । यहाँ करिव १ हजार हाराहारीमा विद्यार्थीहरु अध्यन गरीरहेका छन् । विद्यालयले यहाँ पठन पाठनको अलवा विद्यार्थीहरुलाई बिभिन्न सिप पनि सिकारहेको छ भन्ने प्रमाण समेत पेष गरेको छ ।

कस्तो प्रमाण ?
प्रमाण न १ : विज्ञान प्रदर्शनी
विद्यार्थीहरुले कक्षा कोठामा सिकेको बिज्ञानको कला विद्यालयको प्राङ्गणमा देखाइदिए । सौर्यमण्डल देखी, वतावरण संरक्षण , दुर्घटना न्यूनिकरणका उपाय देखी ग्रीन सिटि सम्म । दैनिक जीवन उपयोगी कुरा समेत उनीहरुले प्रदर्शनमा राखे । यो प्रदर्शनी विद्यार्थी आफैले बनाएका हुन । यत्तीको प्रर्दशन निर्माण गर्न उनीहरुले आफुसगै उपलब्ध श्रोत साधनको प्रयोग गरे । अनी आफ्ना कक्षा शिक्षकको मद्यत पनि लिए । केहि नयाँ आइडिया फुराएर उनीहरुले काम गरे र उनीहरुको क्षमता यहाँ प्रर्दशनमा राख्न योग्य भयो । अव यत्तीकै क्षमता विकास गर्दै जाने हो भने उनीहरुले गरिखानेगरीको व्यवहारीक शिक्षा यहाँ यहीबाट सिक्न सक्ने छन् ।

 

प्रमाण २ : पाककला
बिहिबार दिउँसो । सनराईज मोडलले २४ औ बसन्त पार गरेको उत्सव मनाइरहदा यसको प्रवेश गर्ने ठाउँमै विद्यार्थीहरुको अर्को सिप पनि प्रर्दशन भइरहेको थियो । उनीहरुले त्यहाँ प्रर्दशन गरेको अर्को व्यवहारीक सिप थियो पाक कला । अचेलका डिटिजटल बालबालिकाहरु घरायसी र व्यवहारीक काममा पोख्त हुदैनन । घरको काम र घरको पनि भान्साको काम त गर्नै जान्दैनन नी भन्ने भाष्यलाई यो प्रर्दशनीले तोडीदिएको छ । उनीहरुले यहाँ साथी साथी मिलेर समुह बनाए । कुनै समुहले समोसा पकाए, कसैैले तरकारी र भुजाको स्टल राखे, कसैले चटपटे, कसैले पानी पुरी त कसैले अन्य खाजाका सेट । यी सबै खाजाका मेन्यूहरु कुनै व्यवसायीक भान्सेले पकाएको हैन । उनीहरुले त्यस सम्बन्धीको विषेश तालीम लिएको पनि छैन । उनीहरुले कितावमा पाककला सम्बन्धी केहि पढेका छन् । घरमा पकाएको देखेका छन् । अनुभव गर्दै नगरेको यी विद्यार्थीहरुले पकाउन आँट गरे । सवै सर्दम आफै जुटाए । र स्टलनै राखेर कार्यक्रममा आउने अभिभावक, अतिथी तथा अन्य विद्यार्थीलाई पनि स्वाद चखाए । यसबाट उनीहरुले काम गर्नु पर्छ भन्ने भान त भयो नै कामलाई व्यवसायीक बनाउँदा दाम पनि कमाइने रहिएछ भन्ने पनि सिके । यसले उनीहरुमा व्यवसायीक बन्न र आर्थीक उपार्जनमा लाग्नु पर्छ भन्ने ज्ञान पनि सिकाएको छ । लगानी गर्र्योे र त्यसमा लगाव लगाएर काम गर्यो भने फाईदा पनि हुने रहेछ भन्ने कुराको अनुभव समेत गर्न सके ।

प्रमाण नं ३ : नृत्य र गायन
विद्यार्थीहरु केमा कस्तो क्षमता राख्छन् त्यसको परिक्षण उसको उत्तर पुस्तिकाको प्राप्तांकले मात्रै मापन हुन सक्दैन । त्यो प्राप्तांकमा कमजोर भएकाहरुले अन्य क्षेत्रमा भने अव्वल गर्न सक्छन् । यस्तै अव्वल प्रस्तुती विद्यार्थीहरुले विद्यालयको २४ औ वार्षिक उत्सवको अवसरमा देखाइदिए । उनीहरुले एकल नृत्य, सामुहिक नृत्य मात्र देखाएनन । निकै सुरिलो स्वरमा गीत गाए । म्यूजिकको तालमा आवाज दिन सके । उनीहरुको यो कला र प्रस्तुतीले सबैलाई मन्त्रमग्न बनाइदिएको थियो । विद्यार्थीहरुको क्षमता अदम्य छ । यसलाई अव गतिलो मञ्च दिने हो भने उडान भर्न सक्छ भन्ने सन्देश यस विद्यालयका विद्यार्थीहरुले देखाइदिएका छन् ।

प्रमाण ३ : कुशल नाट्य कला
विद्यार्थीहरुको कला एउटैमा मात्रै सिमित हुदैन । कला हरेक विदार्थीको फरक फरक हुन्छ । व्यक्ति पिच्छे फरक हुन्छ । हो यस स्कुलले पनि हरेक विद्यार्थीमा फरक फरक कला र क्षमता छ भनेरनै उनीहरुको दक्षता अनुसार सबैलाई समेटेको देखियो । २४ औ वार्षिक उत्सवमा पर्यावरणमा आएको असन्तुलत, प्रकृतिमाथी मानवीय दोहन र त्यसले पारीरहेको प्रभाव कस्तो भन्नेबारेमा विद्यार्थीहरुले निकै कलात्मक ढंगबाट प्रष्टसग नाटक गरेका थिए । विद्यार्थीको यो कलालाई सबैले प्रंशषा गर्दै नाटक खेल्ने कलाकारहरुको भविष्य त्यस तर्फ समेत बन्न सक्ने भन्दै विद्यार्थीको रुचि अनुसार अभिभावक । विद्यालय समेत लाग्नु पर्ने कुरालाई औलाइरहिएको थियो ।

विद्यार्थीहरुका यस्ता अनेकन प्रस्तुतीले कार्यक्रममा बोलाइएका आगन्तुक अतिथी तथा प्रमुख अतिथीहरुले खुलेर प्रशंषा समेत गरेका थिए । दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाई, दमक नगर शिक्षा समितीका अध्यक्ष कुवेर भट्टराई, शिवसताक्षीनगरको प्याव्सन अध्यक्ष राम सुहाङ सहितले विद्यालयको प्रगती, विद्यालयका सस्थापक जनार्दन मैनालीको मिहनत र यसले शिक्षा जगतमा पुर्याएको योगदानको खुलेर प्रशंषा गर्नु भएको थियो ।

अझ यहाँको हरेक विद्यार्थीले कक्षा कोठा देखि लिएर अतिरिक्त कृयाकलापबाट समेत हासील गरेको सफलतालाई विद्यालयले गरेको सम्मानको दृष्य अझ प्रेरणादायी थियो । यसबाट विद्यार्थीको हौसाला मात्रै बढाइरहेको थिएन , संघष गर्यो भने सफलता पाइन्छ भन्ने विस्वास पनि बढाइरहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको