बैशाख पहिलो साता चन्द्रगढी महिला गोल्डकप हुने

बिर्तामोड, चैत १५ । झापाको भद्रपुरमा बैशाखको पहिलो साता चन्द्रगढी महिला गोल्डकप आयोजना हुने भएको छ । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबलको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ ।

 

आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाका अनुसार प्रतियोगिता बैशाख ५ गतेदेखि १४ गतेसम्म मेची रंगशाला भद्रपुरमा हुनेछ । विजेताले महिला फुटबलको इतिहासमै सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार रकम पाउनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । नेपालका तीन विभागीय एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, ए डिभिजन क्लबहरु चर्च ब्वाइज युनाइटेड, संकटा फुटबल र आयोजकको एक टिम रहनेछ ।

 

त्यस्तै, भारत, भुटानका एकएक क्लबले प्रतियोगितामा सहभागिता जनाउने टुंगो लागेको क्लबका अध्यक्ष सुब्बाले जानकारी दिनु भयो । बंगलादेश र जापानका एकएक क्लबको गोल्डकपमा सहभागिताबारे सम्वाद भइरहेको छ ।
नेपाली टिमको हकमा एक टिममा चारजनासम्म विदेशी खेलाडी दर्ता गराउन पाउने र एक समय तीनजना खेलाउन पाइने नियम रहेको अध्यक्ष सुब्बाले बताउनु भयो ।

प्रतियोगिताका प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ ।
झापालाई महिला फुटबलको पनि हब बनाउने र फुटबलमा भविष्य देखेका खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्न तयार पार्ने लक्ष्यसहित यो प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा