मनकारी बस्नेत परिवार

बस्नेत परिवारद्धारा २ विप्पन्न परिवारलाई जग्गा प्रदान

दमक/
दमक २ निवासी बस्नेत परिवारले २ विप्पन्न परिवारलाई घर जग्गा प्रदान गरेको छ । स्व. लैन बहादुर बस्नेत तथा कृष्णमाया बस्नेतका कान्छा छोरा स्व. केदार बस्नेतकी श्रीमती गीता देवि बस्नेतको जन्मोत्वसको अवसरमा जग्गा प्रदान गरिएको हो । ७२ वर्षीया बस्नेतले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई जग्गा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । यो भन्दा खुसी चाहि जग्गा प्राप्त गर्ने परिवार भएका छन् ।

दमकमा एक चपरी माटो समेत नभएको बेलामा आफुहरुलाई घर बनाउन सक्ने गरिको जग्गा प्रदान गरेकोमा जग्गा प्राप्त गर्ने ठग बहादुर विस्वकर्मा र टिकाराम दर्जीले बस्नेत परिवार प्रति आभार प्रकट गरेका छन् ।

वर्षौ देखी बस्नेत परिवारको जमिन अधियामा कमाई गरि जिविको पार्जन गरेका परिवारलाई १०/१० धुर जग्गा प्रदान गरिएको गीता बस्नेतका जेठा छोरा रेवत बस्नेतले जानकारी दिनुभयो ।

बुबा केदार बस्नेतको चाहना समेत यी परिवारलाई सुरक्षीत राख्ने रहेको स्मरण गर्दै बस्नेतले भन्नुभयो ‘ बुबाको इच्छा हामीले पुरा गरेका हौ ।’
दुवै परिवारलाई विधिवत रुपमा गीता बस्नेतको नाममा रहेको जग्गा क्रमश टिका बहादुर दर्जी र ठग बहादुर दर्जीको नाममा नामसारी भएको कागजपत्र पनि हस्तान्तरण गरियो ।

वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटा, राप्रपा प्रदेश १ का अध्यक्ष राम बहादुर थापा लगायत अन्य विभिन्न सामाजिक अगुवाहरुको उपस्थितीमा जग्गा धनिुपुर्जाको सम्पूणर् कागजपत्र बुधबार औपचारिक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथी रहनु भएका वडाध्यक्ष सापकोटाले वडामा रहेका अन्य विप्पन परिवारको पहिचान भइसकेको र भूमिहनहरुलाई जग्गा धनुपुर्जा दिने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । साथै नगरपालिकाले विपन्न परिवारलाई खाद्यन्नमा २५ प्रतिशत सहुलियत दिने गरिको व्यवस्था पनि गर्न लागेको उहाँले कार्यक्रम मार्फत जानकारी गराउनु भयो ।

विषेश अतिथी रहनु भएका राप्रपा प्रदेश १ अध्यक्ष थापाले स्व केदार बस्नेत एक कुशल सामाजिक अगुवा रहेको स्मरण गर्नु भयो । स्व बस्नेतको नेतृत्वमा भएका विभिन्न सामाजिक परिवर्तनमा आफु साथ साथै भएको र उहाको सहकार्य अतुलनिय रहेको थापाले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप