चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

बिर्तामोड, चैत २३ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक चन्द्रगढी युवा क्लबले सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो ।

 

२०८३ बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको खेलतालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । त्यस्तै, बैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष रोहित सुब्बाले बताउनु भयो ।

 

बैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । बैशाख ८ गते एपिएफ फुटबल क्लबले ओखलढुंगाको पदमा स्पोर्टस् क्लबविरुद्ध खेल्नेछ ।

 

खेलतालिकाअनुसार बैशाख ९ गते पुलिस र आयोजकबीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले सामना गर्नेछ । बैशाख १० गते एपिएफ र पदमाबीचको विजेताविरुद्ध संकटा फुटबल क्लबले खेल्नेछ ।

 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बैशाख १२ गते र दोस्रो सेमिफाइनल खेल बैशाख १३ गते हुनेछ । फाइनल खेल बैशाख १४ गते हुने प्रतियोगिताका सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिनु भयो ।

 

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २५ हजार रुपैयाँ पाउनेछ ।

 

भद्रपुरको मेची रंगशालामा सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रयोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको