दमक बजारमा ’शुक्रबारे सिन्डिकेट तोड्न कोको तयार ?

दमकले आफूलाई ‘बिजनेस हब’ बनाउने हो भने शुक्रबारे बन्दको ’सिन्डिकेट’ तोड्नै पर्छ।’

दमक, ७ बैशाख, २०८३ । झापाको प्रमुख व्यापारीक केन्द्र हो दमक । तर दमक हरेक शुक्रबार ‘मौन’ बस्छ। यो मौनता कुनै प्राकृतिक विपत्ति वा सरकारी निषेधाज्ञाका कारण होइन, बरु स्थानीय व्यापारीहरूको संगठन ’दमक उद्योग वाणिज्य संघ’ ले बनाएको एउटा स्वेच्छाचारी नियमको परिणाम हो।

एकातिर विश्व बजार ‘चौबीसै घण्टा’ खुल्ला हुनुपर्ने बहस गरिरहेको छ भने अर्कोतिर दमकका व्यवसायीहरूले आफैंलाई एक दिन व्यापारिक बन्दी बनाइरहेका छन्।
यो बाध्यकारी बन्दले दमकको साख र अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ ।

बजारको पहिलो सर्त उपभोक्ताको सुविधा हो। शुक्रबार धेरै सरकारी र निजी कार्यालयमा आधा बिदा हुन्छन। ग्राहकले त्यही दिन ढुक्कले किनमेल गर्ने योजना बनाएका हुन्छन्। तर दमक बजार बन्द हुँदा उपभोक्ताहरू बाध्य भएर छिमेकी बजार वा अनलाइन सपिङतिर मोडिएका छन्। यसले दमकको ’ग्राहक आधार’ बिर्तामोड, धरान , इटहरी र बिरानटगर तर्फ बिस्तारै गुम्दै गइरहेको छ।
अर्थशास्त्रको नियम अनुसार पैसा जति धेरै घुम्छ, अर्थतन्त्र त्यति नै बलियो हुन्छ।

वर्षमा ५२ वटा शुक्रबार हुन्छन्। यसको अर्थ दमकको अर्बौँको व्यापारिक कारोबार वर्षको झण्डै दुई महिना ठप्प हुनुले गुमिरहेको छ ।
बैंकबाट ऋण लिएर व्यापार गर्ने साना व्यवसायीका लागि शुक्रबारको बन्दले कुनै ब्याज छुट दिँदैन। पसल बन्द भए पनि सटर भाडा र ऋणको मिटर घुमिरहेको हुन्छ।

 

वाणिज्य संघको तर्क छ “कामदार र मालिकलाई विश्राम चाहिन्छ।“ यो तर्क जायज भए पनि तार्कीक छैन । उती तात्वीक पनि देखिदैन ।

बजारै बन्द गर्नुको साटो ’रोस्टर प्रणाली’ लागू गर्न सकिन्छ। कर्मचारीलाई हप्ताको एक दिन आलोपालो बिदा दिएर पसल सधैँ खुल्ला राख्न सकिन्छ। यसले गर्दा बेरोजगारीको समस्या समाधानमा समेत थोरै भए पनि थप रोजगारी सिर्जना हुन सक्ने आधार बढाउन सक्छ ।
छिमेकी सहरहरू इटहरी, विर्तामोड, धरान अनी बिराटनगरसँग प्रतिस्पर्धा गर्न दमक बजार थप गतिशील हुन जरुरी छ। कुनै एउटा संगठनले ‘यति बजे बन्द गर, यो दिन बन्द गर’ भनेर आदेश दिनु स्वतन्त्र बजारको मान्यता विपरित हो।
व्यापार गर्नु व्यक्तिको संवैधानिक स्वतन्त्रता हो, जसमा कुनै संघको ’ह्वीप’ लाग्नु न्यायोचित देखिँदैन।

आजको उपभोक्ताले आफ्नो खल्तीमा बजार बोकेर हिँडेको छ। दमकका पसल बन्द हुँदा दमककै राजस्व गुमिरहेको छ । यदि दमकलाई ‘आधुनिक सहर’ बनाउने हो भने यहाँका सेवाहरूलाई समय अनुसार लचिलो बनाउनु पर्छ।
“बजार भनेको एउटा जीवन्त अङ्ग हो। यसलाई कृत्रिम रूपमा बन्द गराउँदा स्थानीय उत्पादन र वितरण प्रणालीमा नकारात्मक प्रभाव पर्छ।

 

दमकले आफूलाई ‘बिजनेस हब’ बनाउने हो भने शुक्रबारे बन्दको ’सिन्डिकेट’ तोड्नै पर्छ।’

दमक उद्योग वाणिज्य संघले आफ्नो भूमिकालाई ‘बन्द गराउने’ नियामकबाट बदलेर ’व्यापार प्रवद्र्धन गर्ने’ सहजकर्तामा बदल्न जरुरी छ। पसल खोल्ने वा नखोल्ने निर्णय व्यापारीको व्यक्तिगत इच्छामा छोडिनुपर्छ।
जबसम्म दमक शुक्रबारका दिन पनि चलायमान हुँदैन, तबसम्म यसले आधुनिक व्यापारिक सहरको प्रतिस्पर्धामा आफूलाई उभ्याउन सक्ने छैन।
के दमकका व्यवसायीहरू यो ’परम्परागत साङ्लो’ तोड्न तयार छन् ?
शेयर गर्नुहोस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण