लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव

काठमाडौं,१५ वैशाख । सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले दाङको लमहीमा पहिलोपटक ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ आयोजना हुने भएको छ।

 

लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते दुईदिने उत्सव सञ्चालन गरिने भएको हो। अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौंस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा उत्सव हुन लागेको हो।

 

किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलोपटक यस्तो उत्सव आयोजना गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका निर्देशक राजु आचार्यले बताउनु भएको हो ।

 

उहाँका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी तथा बासस्थानको अभावका कारण यसको अस्तित्व सङ्कटमा पर्दै गएको छ।

उत्सवमार्फत लाटोकोसेरोसँगै समग्र चरा तथा वन्यजन्तु संरक्षणको सन्देश फैलाउने, स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउने तथा जैविक विविधताको महत्वबारे जानकारी गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

 

यसअघि धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङलगायत जिल्लामा यस्ता उत्सव आयोजना भइसकेका छन् भने दाङमा पहिलोपटक हुन लागेको हो।

 

दुई दिनसम्म सञ्चालन हुने उत्सवमा चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी, श्रव्यदृश्य सामग्री प्रस्तुति, संरक्षण तथा संस्कृतिसम्बन्धी प्रदर्शनी गरिनेछ।

यसका साथै स्थानीय थारू, मगर, गुरुङ, कुमाललगायत समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिता पनि आयोजना गरिनेछ। उत्सवलाई थप आकर्षक बनाउन नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोटसमेत प्रदर्शन गरिने तयारी गरिएको छ।

 

नेपालमा लाटोकोसेरोको सिकार वा किनबेच कानुनी रूपमा निषेध छ। यदि कसैले यस्तो गरेमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना, छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

 

नेपालमा तराईदेखि हिमालसम्म लाटोकोसेरो पाइने भए पनि यसको यकिन संख्या उपलब्ध छैन। विश्वभर २३ प्रकारका लाटोकोसेरो पाइने अभिलेख रहेको छ भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति लोपोन्मुख अवस्थामा रहेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पार्टी एकता र चुनावी समीक्षाका लागि देउवा समूहको छुट्टै भेला

काठमाडौं,१५ वैशाख । नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षका नेताहरुले अलग्गै भेला आयोजना गरेका छन् । देउवा पक्षको विस्तारित भेलाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै

स्पष्ट कानुन र नीति नहुँदा गौरवका आयोजना सुस्त

काठमाडौं,१५ वैशाख । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको बताउनु भएको छ। आज बसेको पूर्वाधार समिति बैठकमा उहाँले

नेपाललाई ’एजुकेसन हब’ बनाउने परराष्ट्र मन्त्रीको योजना

काठमाडौं,१५ वैशाख । परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिनु

विभिन्न माग राख्दै त्रिविमा विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं,१४ वैशाख । त्रिभुवन विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले मंगलबार विभिन्न नारासहित प्रदर्शन गरेका छन्। उनीहरूले शैक्षिक संस्थाहरूमा हुने छात्रा हिंसाविरुद्ध एकजुट बनौं, क्याम्पसहरू सुन पसल

भुटानी शरणार्थी शिविरमा मौलिक संस्कृतिको मेला

पथरी,१५ वैशाख । आफ्नो देशबाट लखेटिएर शरणार्थी बने । त्यहाँबाट पनि आफ्नो जन्मभूमि भुटान फर्किन नपाएर तेस्रो मुलुक पुनर्वासको नियति भोग्नु पर्यो । जे जस्तो

हिमालय माविका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

दमक,१५ वैशाख । दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर