भुटानी शरणार्थी शिविरमा मौलिक संस्कृतिको मेला

पथरी,१५ वैशाख । आफ्नो देशबाट लखेटिएर शरणार्थी बने । त्यहाँबाट पनि आफ्नो जन्मभूमि भुटान फर्किन नपाएर तेस्रो मुलुक पुनर्वासको नियति भोग्नु पर्यो । जे जस्तो अवस्था भोग्नु परेपनि आफ्नो भाषा, कला र साहित्यमार्फत राष्ट्रियता बचाउने हर कोशिस भइरहेको छ ।

यही क्रममा शरणभूमि अर्थात पुर्खाको भूमि नेपालका लागि समेत विभिन्न मौलिक सांस्कृतिक सृजनाको जमघट गराएर मौलिकताको महत्व बुझाउने काममा रेजु राई र कमला राई लागिपर्नुभयो । अमेरिका पुनर्वास हुनुभएका उहाँहरुले छोराहरु सुयोग र सुहाङको जन्मदिनमा आफूले शरण लिएको मोरङको पथरी शनिश्चरे शिविरमा खुला सामुहिक मौलिक सांस्कृतिक नृृत्य प्रतियोगिताका लागि खर्च गरिदिनुभयो । शैक्षिक, खानेपानीलगायतका क्षेत्रमा सहयोग पुर्याँउदै आउने क्रममा मौलिक संस्कृति जगेर्ना गर्नु त्यो भन्दा अजर र अमर काम हुने ठहरमा सांस्कृतिक कार्यक्रममा जोडिनु भयो । उहाँहरुले आफ्नै छोरी सुजनाको नाममा शिविरमा स्थापना गरेको सृजना डान्स सेन्टरमार्फत एउटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भयो ।

 

मौलिक संस्कृतिका एकसे एक प्रस्तुति थिए । संगिनी, डफ्फा, लाप्चासहितका लोपोन्मुख मौलिक प्रस्तुतिले कार्यक्रमस्थल एक किसिमको मेलाझैं लाग्थ्यो । १३ समूहका गरी २ सय बढी कलाकार नृत्य कलामा सहभागि भए । त्यसबीचमा नेपाली मौलिक नृत्यमा महत्वपूर्ण योगदान दिने अरुण उपत्यता सांस्कृतिक समूहका रामजी थापालाई सम्मानित गरेर अग्रजप्रतिको सम्मानमा नवपुस्ताहरुलाई उत्प्रेरित गरिएको छ ।

मोरङ, झापा र सुनसरीका सहभागिबीच युनाइटेड डान्स एकेडेमी धरानले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । उसले नगद पुरस्कार ५५ हजार ५ सय ५५, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।
इन्स्पायर बोर्डिङ्ग स्कुल दमकले दोस्रो स्थान ओगट्दै २५ हजार ५ सय ५५ र मोरङ सांस्कृतिक समूह बेलबारीले तेस्रो स्थान हासिल गर्दै १५ हजार ५ सय ५५ पुरस्कार जितेको छ ।

बुल्स सांस्कृतिक समूह विराटचौकले चौथोस्थान स्वरुप ५ हजार ५ सय ५५ तथा ट्रफी हात पारेको छ । साथै, पिनाकल्स बोर्डिङ्ग स्कुल कानेपोखरी र बुम बुम सांस्कृतिक समूह सान्त्वना पुरस्कार स्वरूप ५÷५ हजार प्राप्त गरेर प्रोत्साहित बनेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले तेस्रो मुलुकमा रहेर पनि नेपालीपनको संरक्षण भएको प्रसंग अघि सार्दै नेपाली मन जहाँ गएपनि सृजनाकामाध्यमले बाँचिरहने विचार व्यक्त गर्नुभयो ।

भुटान फर्काइने पहल सशक्त बन्न नसक्दा १ लाख १५ हजारको संख्यामा अमेरिका, युरोपसहितका ८ मुलुकमा पुनर्वास गराइए । पथरी शनिश्चरे र दमकमा गरी ७ हजारको संख्यामा अझै शरणार्थी भएर बेसहारा बन्नु परेको पीडाले उनीहरुलाई सधैं पोलिरहन्छ । नेपालीभाषी भएकाले मन नेपाली नै बनेपनि शिविरमा जन्मिएकाहरु जन्मसिद्ध अधिकारबाट बञ्चित भइ समस्या भोगिरहनु परेकोमा शिविर सचिव करण राईले दुःख व्यक्त गर्नुभयो ।

मौलिकता जोगाउन समस्या भइरहेको अवस्थामा जो जहाँ रहनु परेपनि आफ्नो भाषा, कला, साहित्य र संस्कृतिमार्फत यसरी देश बचाइरहने कर्म साँच्चै महान होइनर ?

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमान्डौ-असर १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गर्नुभएको छ।

विधेयक हतारमा पारित गर्न खोजिएको भन्दै सांसद शर्माको असन्तुष्टि

काठमाडौं,१८ असार । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पर्याप्त छलफलविना हतारमा पारित गर्न नहुने

पासपोर्ट छपाइ र अख्तियार विवादबारे संसदमा गर्जिए कांग्रेस सांसद बुढा

काठमाडौं,१८ असार । नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले वर्तमान सरकारको सुशासन र संवैधानिक निकायहरूको स्वतन्त्रता माथि गम्भीर प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभाको बिहीबारको

प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको एमाले सांसद खातुनको आरोप

काठमाडौं,१८ असार । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गर्नु भएको छ्। बिहीबार

बैंगलोरमा तत्काल नेपाली नियोग स्थापना गर्न सांसद महरको माग

काठमाडौं,१८ असार । नेकपा एमालेका सांसद ऐन महरले भारतको बैंगलोरमा नेपाली महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्न सरकारसँग माग गर्नु भएको छ। बिहीबार

सुकुम्बासी समस्यामा सांसद राईको आपत्ति

काठमाडौं,१८ असार । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाउनु भएको