थप अनुसन्धान जारी

विमानस्थलबाट २६८ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

 

 

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।

मेहराले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो २६८ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनलाई बरामद सुनसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२ वैशाख । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया

कांग्रेसको प्रदेशसभा सदस्य कुँवरद्धारा पदबाट राजीनामा

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिनु भएको छ। मन्त्री पद नपाएपछि मन्त्री कुँवरले पदबाट राजीनामा दिनु भएको हो ।

पूर्वउपसभापति खड्कासँग कांग्रेसको ७ दिने स्पष्टिकरण माग

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन,