नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै देशभरका मोबाइल व्यवसायीको सहभागितामा यही जेठ १ र २ गते महाधिवेशन आयोजना गर्न लागिएको जनाएको हो ।

महासंघका अनुसार हाल देशका सातै प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको छ भने २७ हजार ४०० साधारण सदस्य आबद्ध रहेका छन् । महाधिवेशनका लागि देशभरबाट करिब १५ सय प्रतिनिधि काठमाडौं आउने क्रममा रहेको महासंघले जनाएको छ ।
सुदूरपश्चिम, कर्णालीदेखि पूर्वी क्षेत्रसम्मका प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको बताइएको छ । महाधिवेशनबाट ५५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ । विधानअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, चार सचिवमध्ये एक महिला सहित तथा सहकोषाध्यक्ष पदमा निर्वाचन हुनेछ ।

यस्तै, प्रत्येक प्रदेशबाट दुई जनाका दरले १४ केन्द्रीय सदस्य, १४ संस्थापक संस्थाबाट एक÷एक जना प्रतिनिधि, बागमती प्रदेशबाट थप पाँच जना तथा अध्यक्षबाट समावेशिताका आधारमा पाँच जना मनोनीत गर्ने व्यवस्था रहेको महासंघले जनाएको छ ।
महाधिवेशनको उद्घाटन कार्यक्रम जेठ २ गते बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृह मा हुनेछ । त्यसअघि जेठ १ गते कौशलटारस्थित ह्वाइट पार्टी प्यालेसमा बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको छ ।

महासंघले मोबाइल व्यवसायीका समस्या राज्यसमक्ष पु¥याउँदै देशको अर्थतन्त्र उकास्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको