दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो कुनै अन्तराष्ट्रिय प्रतियोगिताको दृश्य होइन, यो त दमक–१० स्थित आम्बारी खेल मैदानमा सजिएको ’दोस्रो दमक खेलकुद महोत्सव’ को भव्य समापनको रौनक हो। बैशाख २१ गतेदेखि सुरु भएको यो खेल कुम्भको अन्तिम दिन बुधबार, मैदानमा दमक–३ र वडा नम्बर ५ बीच ’महाभिडन्त’ चलिरहेको थियो। निर्धारित समयसम्म दुवै टोलीले फलामको च्यूरा चपाए झैँ संघर्ष गरे, तर गोल हुन सकेन। अन्ततः खेल पेनाल्टी सुटआउटमा मोडियो। दर्शक र खेलाडी दुवैको ढुकढुकी बढेको त्यो क्षण. जहाँ एउटा प्रहारले भाग्य बदल्नेवाला थियो।

अन्ततः दमक–५ लाई पाखा लगाउँदै ३ गोलका विरुद्ध २ गोलको अन्तरले दमक–३ ले लगातार दोस्रो पटक महोत्सवको उपाधि चुम्न सफल भयो। र जीत्यो नगद १ लाख रुपैँया । दमक बजारबाट केही टाढा भए पनि दमक–१० को आम्बारी मैदान खेलका लागि विशेष मानिन्छ। मोरङ र झापाको संगमस्थल जस्तो लाग्ने यो ठाउँमा छिमेकी उर्लाबारीदेखिका खेल प्रेमीहरूको सहज पहुँच थियो। खेलकुदले केवल मनोरञ्जन मात्र दिँदैन, यसले त दमकको विकास र एकतालाई पनि जोड्ने गर्दछ। समापन समारोहमा दमकका नगर प्रमुख राम कुमार थापाले विगतका घटनाहरूलाई स्मरण गर्दै खेलकुदको माध्यमबाट नगरलाई जोड्ने प्रतिबद्धता जनाउनुभयो।

 

खेललाई भव्य बनाउन दमकका शिक्षासेवीहरूको पनि उत्तिकै साथ रह्यो। झापा मोडल अंग्रेजी माविका संस्थापक निर्देशकले खेलको प्रशंसा मात्र गर्नुभएन, आगामी वर्ष हुने तेस्रो महोत्सवका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेर खेलाडीको हौसला बढाउनुभयो। ९ वटा विधामा खेलाइएको यो महोत्सवले दमकका सयौँ प्रतिभालाई आफ्नो क्षमता देखाउने मञ्च प्रदान ग¥यो। हार र जित त खेलको पाटो मात्र हो, तर यो महोत्सवले दमकमा जुन एकता र खेल संस्कारको बीउ रोपेको छ, त्यो पक्कै पनि प्रशंसनीय छ। वैशाख २८ गते भव्य झाँकीसहित सुरु भएको यो महोत्सव २०८३ वैशाख ३० मा आएर औपचारिक रूपमा समापन भएको छ।
अपेक्षा गरौँ, आगामी वर्ष यो भन्दा अझ भव्य र सभ्य रूपमा ’तेस्रो दमक खेलकुद महोत्सव’ हामी माझ आउनेछ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ