बलात्कारको तथ्यांक

प्रदेश १ मा पछिल्ला ३ वर्षमा १७ सय भन्दा बढी जबरजस्ती करणीका घटना, मोरङमा मात्रै पछील्लो एक महिनामा ४ वटा बलात्कारको घटना

बिराटनगर/ प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढेको देखिएको छ । पछिल्ला तीन वर्षको अवधिमा १७ सय भन्दा बढी जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका कुल १४ जिल्लामा वर्षेनी औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

फागुनको अन्तिम साता सुन्दरहरैचाकी १८ महिने बालीकाको बलात्कारपछि हत्या भयो । केहि समय अगाडि लेटाङकै एक बालिकाको बलात्कार पछि हत्या भयो । यी घटना सेलाउन नपाउँदै मोरङको लेटाङमा नै फेरी अर्को घटना घटेको छ । यतीसम्मकी विद्यालयको शिक्षकले घरमा नै गएर जवरजस्ती गर्न खोजेका कारण घटनाले ठूलो रुप लियो र एक महिला प्रहरीको ज्यान गयो ।

यसरी प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढेको देखिएको छ । पछिल्ला तीन वर्षको अवधिमा १७ सय भन्दा बढी जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका कुल १४ जिल्लामा वर्षेनी औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जसमा ५ वर्षे शिशुदेखि ७० वर्षीया बृद्धा समेत बलात्कारमा परेका छन् । पछिल्लो समयमा एक पछि अर्को बालिका बलात्कारका घटना भईरहेका छन् ।

एक महिनाको अवधिमा मोरङमा ४ वटा बलात्कार घटना बाहिर आएका छन् । महिला अधिकारकर्मी मन्जिता उपाध्याय पिडकलाई राजनीतिक संरक्षण र प्रहरी प्रशानसन पनि महिलामैत्री नभएका कारण यस्ता घटनामा बृद्धि भएको बताउनुहुन्छ । त्यस्तै प्रदेश १ की सासंद सरिता थापाले प्रभावकारी रुपमा कानुन कार्यान्वयन नहुँदा समाजमा बलात्कारका घटनामा बढिरहेको बताउनुभयो ।

अधिवक्ता कला त्रितालका अनुसार नेपालको मुलुकी अपराध संहिता २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ ले जवरजस्तीकरणी मुद्धामा सजायको व्यवस्था गरेको छ । पछिल्लो संसोधनले कानुनमा पर्याप्तता ल्याएको भएपनि कानुन कार्यान्वयन पक्ष फितलो हुँदा घटनाहरु बढेको उहाँको भनाई छ ।

महिला हिंसा तथा बलात्कारका घटना न्युनिकरण गर्नको लागि भन्दै सरकारी निकाय तथा एनजिओ आईएनजिओहरुले धेरै रकम खर्चिएका छन् । अभियानहरु पनि सञ्चालन भईरहेका छन् । तर घटनामा न्युनिकरण आउनु भन्दा बढीरहेको अवस्था छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,