सर्पले मृत्यु पछि पनि टोक्छ र ? के लाग्छ तपाईलाई ?

सर्प मरेपछि वा त्यसको टाउको काटेपछि खतरा टर्यो भन्ने सोच्नुभएको छ भने सावधान१ मरेको सर्पले पनि तपाईँको ज्यान लिन सक्छ।

हालै भारतको आसाममा घटेका तीनवटा अनौठा घटना र फ्रन्टियर्स इन ट्रपिकल डिजिजमा प्रकाशित अनुसन्धानले यो डरलाग्दो तथ्यलाई प्रमाणित गरेका छन्।

आसाममा सन् २०२२ र २०२३ को बीचमा मरेको ९वा टाउको काटिएको० मोनोक्लेड कोब्रा र ब्ल्याक क्रेट सर्पले चलाउँदा वा छुँदा मानिसलाई टोकेका थिए। गम्भीर बिरामी परेका ती व्यक्तिहरू लामो उपचारपछि मात्र निको हुन सफल भए।

मरेपछि पनि कसरी सक्रिय हुन्छ विष ?

 

वैज्ञानिकहरूका अनुसार सर्पको मृत्यु भए पनि उसको स्नायु प्रणाली ९ल्भचखयगक क्थकतझ० र विष फाल्ने ग्रन्थि केही घण्टासम्म सक्रिय रहन सक्छन्।
सर्पको टाउको काटिए पनि उसको मस्तिष्क र मेरुदण्डमा हुने प्रतिविम्बित क्रिया ९च्भाभिह० बाँकी नै रहन्छ। बाहिरी उत्तेजना वा छोइँदा शरीरले प्रतिक्रिया जनाउँछ र सर्पले झुक्किएर टोक्न पुग्छ।

सर्पको विष प्रणाली सिरिन्ज जस्तै हुन्छ। मरेको सर्पमा विषको प्रवाह नियन्त्रण गर्ने क्षमता हुँदैन। यस्तो अवस्थामा यदि मरेको सर्पको दाँत गल्तीले मात्र पनि मानिसको छालामा गाडियो भने, ग्रन्थिमा भएको सम्पूर्ण विष स्वतः शरीरभित्र प्रवेश गर्छ।

विज्ञको चेतावनीस् युनिभर्सल स्नेकबाइट एजुकेशनका डा। एनएस मनोजका अनुसार कोब्रा, भाइपर, र्याटलस्नेक र क्रेट जस्ता खतरनाक प्रजातिहरू मरेको ३ घण्टा पछिसम्म पनि टोक्न सक्षम हुन्छन्।

कुन कुन सर्प बढी खतरनाक ?

अनुसन्धानका अनुसार अष्ट्रेलियाको ब्राउन स्नेक, चीनको कोब्रा र अमेरिकाको र्याटलस्नेकमा यो गुण बढी देखिन्छ। दक्षिण एसियाको सन्दर्भमा कोब्रा गोमन, रसेल भाइपर, स(स्केल्ड भाइपर र क्रेट करैत मरेको अवस्थामा फेला परे पनि उत्तिकै जोखिमपूर्ण हुन्छन्।

निष्कर्ष :

मरेको सर्पलाई कहिल्यै पनि खाली हातले छुने, चलाउने वा खेलाउने गल्ती गर्नु हुँदैन। त्यसलाई हटाउनु परेमा लामो लाठी वा औजारको प्रयोग गर्नुपर्छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन